Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिव्वततर्फ ठूलो वर्ष भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुनसम्ने अनुमान विज्ञहरुले गरेका छन् ।photo

तिव्वतमा ठुलो वर्षासँगै पहिरो थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ । हिमताल फुटेर वा डेब्रिज (गेगर, रुखबिरुवा, ढुङ्गा, लेदो) सहित ठुलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुनसक्ने उनीहरूको अनुमान रहेको आजको अन्नपूर्णमा पोस्ट दैनिकमा खबर छ ।

चीनतिरका १० हिमताल विस्फोटको जोखिममा रहेको यसअघिको अध्ययनलाई आधारमान्दा पनि चीनमा हिमताल फुटेको अनुमान गरिएको हो । १० मध्ये ६ वटा जतिबेला पनि विस्फोट हुन सक्ने अवस्थामा रहेको एक अध्ययनले देखाएको थियो ।

नेपालमा आफ्नै भू उपग्रह नभएका कारण सरकारी अधिकारीहरुले बाढीका काराण खोज्न भारत, चीन र जापानको सहयोग लिइरहेका छन् । उनीहरूले उपलब्ध गराउने तस्बिरका आधारमा मात्र बाढीको कारण पत्ता लाग्ने बाढीविद् विनोद पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया