Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – अस्वस्थ भइ उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अवस्थाबारे चिकित्सकहरुले अवस्था क्रिटिकल रहेको भन्दै यसै भन्न नसकिने बताएका छन्।ओम अस्पतालमा उपचाररत कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै डा. लव नरसिंह जोशीले कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल छ ।

हामीले गर्नुपर्ने सबै काम गरिरहेका छौ,’ जोशीले भन्नुभयो,‘तर उहाँको स्वास्थ्य स्थिति स्थिर छ ।’उपचारका क्रममै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको मुटु केही क्षण बन्द हुन पुगेको ओम अस्पतालमा उहाँको उपचारमा संग्लग्न डाक्टरहरुले बताएका छन्।

कोइरालालाई राति अस्पतालमै रहेको बेला बान्ता हुँदा सो बान्ताको केही भाग फोक्सोमा छिरेको थियो । ती डाक्टरका अनुसार त्यसपछि कोइरालाको अवस्था पुरै अचेत र ’क्रिटिकल’ छ । उहाँलाई भेन्टिलेटरको सहयोगले श्वाशप्रस्वास गराइएको छ ।

काठमाडौंमा उपलब्ध कैयन बरिष्ठ डाक्टरहरुलाई कोइरालाको उपचारको परामर्शका लागि ओम अस्पताल बोलाइएको छ । ‘अहिले अवस्था गम्भीर भएकाले उपचारका लागि बाहिर लैजाने अवस्था नै नभएको चिकित्सकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया