Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका सांसदहरुले व्यवस्थापिका संसदको बुधबारको बैठक पनि बहिष्कार गरेका छन् ।

संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै सदन र सडक आन्दोलनमा रहेको मधेसी मोर्चा र संघीय गठबन्धमा आबद्ध सांसदहरुले आफूहरुले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म सदन बहिष्कार गर्ने भन्दै बाहिरिए ।

सभामुख ओनसरी घर्तीमगरले सदनको कारबाही अगाडि बढाउने वित्तिकै मोर्चामा सहभागी दलका सांसदहरु उभिएर विरोध जनाएका थिए । सदनमा बोल्दै सद्भावना पार्टी नेपालकी सांसद डिम्पलकुमारी झाले आफ्नो माग वार्ताको माध्यमबाट समाधानको पहल गर्न सभामुखसँग आग्रह गर्नुभयो ।

उहाँले यो समस्या समाधान नभइ स्थानीय निकायको निर्वाचन पनि हुन नसक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया