Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

फ्रान्स – युरोकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार राति पौने एक बजे पोर्चुगल र वेल्सबिच लियोनमा प्रतिस्पर्धा हुनेछ । पोर्चुगल क्वाटरफाइनलमा पोल्याण्डलाई हराएर अन्तिम चारमा आएको हो ।

यस्तै विश्व बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई हराएर वेल्सले पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । पोर्चुगलले भने पाँचौं पटक युरोकपको सेमिफाइनल खेल्न लागेको हो ।

aa

वेल्स पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने सन् १९९२ पछिको पहिलो टिम हो । सन् १९९२ मा स्वीडेन पनि पहिलो सहभागितामै सेमिफाइनलमा पुगेको थियो । पोर्चुगल यो युरोकपमा अहिलेसम्म खेलको पाँच खेलमा दुईमा विजयी भएको छ भने तीनमा बराबरीमा रोकिएको छ ।

वेल्स भने चार खेलमा विजयी तथा एकमा पराजित भएको छ । पोर्चुगल पछिल्लो पटक सन् २००४ मा युरोकपको फाइनलमा पुगेको थियो । युरोकपका पोर्चुगलले वेल्ससँग खेल्न लागेको यो पहिलो पटक हो । यी दुई टोलीबिच अहिलेसम्म तीन पटक मैत्रिपूर्ण खेल भएका छन् ।

त्यसमा पोर्चुगलले दुई तथा वेल्सले एक खेल जितेको छ । पोर्चुगल र वेल्सबिच भएको पछिल्लो खेल भनेको सन् २००० मा भएको मैत्रिपूर्ण खेल हो । त्यसमा पोर्चुगल ३–० ले विजयी भएको थियो । तर अहिले दुवै टिममा धेरै कुरा फेरिएको छ ।

वेल्स बलियो बन्दै आएको छ भने पोर्चुगल पनि विश्व फुटबलमा बलियो टिमको रुपमा रहँदै आएको छ । यस्तै पोर्चुगलमा क्रिष्टियानो रोनाल्डोसहितका स्टार खेलाडी छन् भने वेल्समा पनि ग्यारेथ बेलसहितका उत्कृष्ट खेलाडी छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया