काठमाडौँ – मुस्लिम धर्मावलम्भीको महान् चाड इद उल फित्रको अवसरमा सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयका अनुसार इदको बिदा भोलि बिहीबार दिने निर्णय भएको हो ।
यसअघि बुधवार इदको सार्वजनिक बिदा हुने हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको थियो ।