Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय टोलीबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ ।

खेल आगामी असार ३१ र साउन २ गते बङ्गलादेशमा तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । तर कुन सहरको कुन रङ्गशालामा खेल हुनेबारे भने निश्चित भइनसकेको एन्फाले उल्लेख गरेको छ । नेपालले केही महिना अघि मलेसियाको बाइस वर्षमुनि (अण्डर–२२) को टोली र लाओसको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेलेको भए पनि गत वर्षदेखि प्रतिस्पर्धात्मक खेल खेलेको छैन ।

अब नेपालले आगामी नोभेम्बर २ देखि १५ सम्म ‘एएफसी सोलिडारिटी कप’मा सहभागिता जनाउँदैछ । त्यसका लागि अहिले नेपाली टोली प्रशिक्षणमा छ । नेपाल र बङ्गलादेशबीच हुने यी दुई खेल त्यही प्रतियोगिताको तयारीको हो ।

हाल जापानी प्रशिक्षक ग्यातुकी कोजी नेपाली टोलीको प्रशिक्षण हुनुहुन्छ । उहाँ नियुक्ति भएयता नेपालले कुनै प्रतिस्पर्धात्मक खेल खेलेको छैन ।

तपाईको प्रतिक्रिया