Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – द्धन्द्धकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ ।bepatta-satya

यसअघि आयोगका निर्णय अपारदर्शी रहेको विषयमा विवाद सेलाएको केही समयमै सदस्यवीच पुनः विवाद देखिएको हो । सदस्य माधवी भट्टले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सूर्यकिरण गुरुङसमक्ष पूर्ण बैठक माग गर्दै निवेदन दिनुभएको आजको नागरिक दैनिकमा खबर छ ।

द्धन्द्धकालमा प्रयोग गरिएका बालबालिकाको विषय, आयोगको नियमावली संशोधन र ऐनका केही बुँदा व्याख्या गर्ने क्रममा ढिलाइ भएको र आयोगको अडान तथा उजुरी अनुगमनका क्रममा केही सदस्य तथा कर्मचारीले आयोगका निर्णयविपरीत कार्य गरेको पत्रमा आरोप लगाइएको छ ।

यी विषयलाई पूर्ण बैठकमा राखी छलफल हुनु पर्ने माग छ ।

तपाईको प्रतिक्रिया