Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् । prachanda

१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वाटार सदस्य मणि थापाले जानकारी दिनुभयो । बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गर्नुभएको थियो । रिपोर्टिङका क्रममा कतिपय नेताहरूले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेको आजको नागरिक दैनिकमा खबर छ । ‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन। सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’ साहले भन्नुभयो ।

गत वैशाख २३ गते एमाले नेतृत्वसँग गरिएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिने प्रयासमा रहेको माओवादी नेतृत्वलाई पोलिटव्युरो सदस्यहरूको भनाइले थप मद्दत पुगेको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया