Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा वैदेशिक लगानी भित्र्याएर रोजगारीका अवसर वृद्धि गर्न सकिने बताउनुभएको छ ।

debuaगिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा मंगलबार आयोजित ‘वैदेशिक रोजगार र गरिबी निवारणसम्बन्धी’ कार्यक्रममा उहाँले सरकारले देशमा शान्ति, स्थिरता र लगानीको सुरक्षा कायम गर्न सके विदेशी लगानीकर्ता नेपालमा लगानीका लागि आकर्षित रहेको बताउनुभयो ।

देउवाले विप्रेषणले मुलुकमा आर्थिक गतिविधि भइरहेको बताउँदै जलस्रोतको धनी राष्ट्र भएर पनि जनता विद्युत्भार कटौतीको समस्यामा रहिरहेकामा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता डा रामशरण महतले झन्डै ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेकाले अहिले गाउँगाउँमा मजदुरको अभाव बढेको उल्लेख गर्दै नेपालमा नै रहेका मजदुरको पनि आम्दानी बढेको बताउनुभयो ।

उहाँले कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत योगदान विप्रेषणको रहेको र तुलनात्मक रूपमा गरिबी घटेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया