Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

जापान – क्यान्सर रोगको उच्च जोखिममा रही उपचार गराइरहनुभएका खेमराज भट्टलाई सहयोगका लागि सुदूरपश्चिमेली समाज जापानले जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

बैतडी जिल्ला पिपलकोट गाविस ७ निवासी भट्ट ७ महिना अगाडी कुक भिसामा जापान आउनुभएका भट्टको क्यान्सरको जोखिम चौथो चरणमा पुगिसकेको डाक्टरहरुले बताएका छन् । डाक्टरका अनुसार क्यान्सरको जोखिम चौथो चरणमा पुगिसकेकाले अत्यन्त संवेदनशील अवस्था हो । यसअघि घाँटी, दात र गिजाको अप्रेसन गराइसकेका भट्टको पहिलो अप्रेसनले सफल नभएपछि भट्टको दोस्रो अप्रेसन गर्नु परेको डाक्टरको भनाइ छ । नेसनल क्यान्सर सेन्टरमा उपचाररत उनको यही महिनाको २८ तारिक अर्को अप्रेसनका लागि डाक्टरले सल्लाह दिने पीडित भट्टले बताउनुभयो ।

क्यान्सर रोगको उपचार निकै महँगो पर्ने र आफू सँग आर्थिक अवस्था नाजुक भएको बताउदै भट्टले जापानबासी नेपालीमा सहयोगको अपिल गर्नुभएको हो । यसैबिच सुदूरपश्चिमेली समाज जापानले पनि भट्टको उपचाररत सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको हो । समाजले जापानका सबै संघ–संस्था साथै सर्वसाधरणहरुमा सहयोगका लागि अनुरोध गरेको छ ।

समाजले समाजको पोस्ट बैंकको खाता नम्बर १०१०० –९१२८२९२१ मा रकम जम्मा गरि सहयोग गरिदिन जापानबासी सबै नेपालीमा अपिल गरेको छ । यसरी जम्मा भएको सहयोग रकम पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने पनि समाजका अध्यक्ष पूर्ण चलाउनेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया