Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर फरार भएका छन् ।

जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा.प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दाइजोका रूपमा ६० लाख रुपैयाँ अग्रिम लिएर फरार भएका हुन् । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका हुन् । केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए ।

रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भन्नुभयो,‘बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रुपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौँ । बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन् । हामी अफ्ठेरोमा परेका छौ ।’ उँहाले प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक करोड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने दुईपक्षीय सहमति गरेको जानकारी पनि दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते बिहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो । प्रशान्तका आफन्सँग कुरा भए पनि विवाहका विषयमा खुलेर कुरा नभएपति केटीका बुबा मोहन असार ३ गते ठाकुरका धिरापुर घरमा पुग्नुभएको थियो ।

त्यहाँ पुग्दा पैशान्तका बुबा लालले छोराको अत्तोपत्तो नरहेको बताएपति आफूँ छाँगाबाट खसेझैँ भएको शर्माले बताउनुभयो । यसले गर्दा छोरीको विवाह नहुने चिन्तासँगै दाइजो दिएको ६० लाख गुम्ने खतरा बढेको उँहा बताउनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया