Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – सरकाले आगामी मंसिरमा स्थानीय निर्वाचन गर्ने तयारी गरेपछि स्थानीय निकाय पुनः संरचना आयोगले आफ्नो कार्यतालिका छोट्याएर आगामी भदौभित्रै प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

संविधान बमोजिम गत १ चैतमा गठन भएको आयोगसँग एक वर्षसम्म काम गरी प्रतिवेदन पेस गर्न पाउने संवैधानिक अधिकार भए पनि स्थानीय निर्वाचनको अपरिहार्यता र सरकारको दबाबका कारण भदौभित्रै प्रतिवेदन बुझाउन आयोग तयार भएको आजको राजधानी दैनिकमा खबर छ । मंसिरमा स्थानीय निर्वाचन गरी संविधान र संघीयता कार्यान्वयन गराउने सरकारको डेढ वर्षे कार्य योजनाअनुरुप मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई बोलाएर छिटो काम गर्न आग्रह गरेका थिए ।

व्यवस्थापिका संसदको विकास समितिले पनि मंगलबार नै आयोगसँग छलफल गरी यथाशीध्र छिटो प्रतिवेदन पेस गर्न आयोगलाई निर्देशन दिएको थियो । आयोगले मंगलबार नै निर्वाचन अयोगसँग पनि छलफल गरेको थियो ।

उक्त क्राममा निर्वाचन आयोगले कानुन तयार भइसकेपछि निर्वाचन गराउनका लागि आफूहरुलाई कम्तीमा १ सय २० दिन समय लाग्ने जानकारी गराएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया