Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

आज फेरी किन तिम्रो याद आयो, मेरो टेबुलमा चिठ्ठी पत्रहरु अलपत्र छरिएका थिए । म काम गर्ने बिल्कुल पनि मूडमा थिइन, त्यतिकैमा इन्टरकोम फोनको घन्टी बज्यो , मैले फोन रिसिव गरे र मेरो कोठाको बाहिर बस्ने मेरो सहकर्मी सर लाई मीटिङ अटेन्ड गर्नुपदैन भने , मैले आजको सबै मीटिङ र अन्य भेट्घाटहरु सबै क्यान्सिल गर्नु भने अनि उनले हुन्छ सर भनिन, म एक्छिन किन किन त्यसै टोलाए अनि आफै सँग मुस्कुराउदै अफिसबाट बाहिर निस्के ।

म अफिस बाट निस्केको मात्र के थिए मेरो मोबाइलमा म्यासेज आयो, म त्यो म्यासेजको वास्ता नगरी भद्रकाली मन्दिर तिर लागे । मलाई त्यो ठाउँमा पुगेपछी एक किसिमको मनमा शान्ति हुन्थ्यो र त्यो दिमागमा परेको बोझ नि हल्का भएर जान्थ्यो, त्यो दिन मलाई त्यस्तै छट्पटी भाको थियो र त्यस ठाउमा पुगेर अब भने कुनै छुट्टै सन्सार मा पुगेको अनुभव भयो । एक्छीन त्याहाँको माहोलामा भिजिसकेपछी , मैले मोबाइलको म्यासेज पढ्न सुरु गरे, म्यासेजमा एउटा पुरानो साथीले आफ्नो फोन नं सहित परिचय खुलाउदै भेटऊ र अनि हामी दुई भएर लङ ड्राइभ मा जाऊ भनेर लेखी पठाएको थियो ।

एक्छिन बिचार गरे कुरो सही हो , तर दोधारे मन को के भर हुन्छ पनि, म अलमल मा थिए जाउँ कि नजाउ भनेर , तर मैले अन्त्यमा जाने नै निधो गरे । म फेरी फर्केर अफिस गए अनि मेरो अफिसको सबै स्टाफहरुलाई मीटिङ को लागी हल वाला रूममा डाके । मैले बोल्न सुरु गरे, साथीहरू म एक हप्ता बिदामा बस्दै छु, तपाईँहरूको ड्युटी के हो त्यो तपाईँहरूलाई राम्ररी थाहा छ सो नो बडी डिस्टर्ब्स मि इन दयाट टाइम , र तपाइहरुलाई केही भन्नु छ भने अहिले भन्नुस , तर कोही स्टाफ्हरुले केही पनि बोलेनन । त्यतिकै मा अकाउटेन्ट सरले बोल्नु भयो , सर चेकबूकमा साइन गर्नुपर्ने छ , हुन्छ मेरो रुममा आउनुस मैले भने, अनि मैले मिटिङ सकिएको घोषणा गरे ।

एकछिनपछि अकाउन्टन्ट सर मेरो कोठामा आउनु भयो र साथै मैले मेरो कोठा बाहिर बस्ने विशेष सहकर्मी साथीलाई नि बोलाए । म भर पर्ने सधैँ विशेष तपाईहरु माथि सो मैले सुन्ननि नपरोस र बोल्नु नि नपरोस भन्दै चेकबूक मा साइन गरे र मेरो आफ्नै पारामा अरू केही भनेर सोधे, सर हजुर ढुक्क भएर जानुस अफिस हामी चलाउछौ , लु धन्यवाद भन्दै म अफिस बाट निक्ले र त्यो पुरानो साथीलाई फोन गरी कुन ठाउमा भेट्ने भनेर कुरा कन्फर्म गरे ।

हाम्रो भेट भयो , उनी कति खुसी कति, उनको खुसीको सिमाना थिएन , पहिले हामीले हग गर्‍यौ अनि धेरै बेर सम्म सोही अवस्थामा उभी रह्यौ, लामो समय पछिको भेटघाट त्यो हाम्रो , म नि उतिकै खुसी थिए तर उनको हाउभाउ हेर्दा उनी म भन्दा निकै खुसी थिइन, लामो सास फेर्दै मैले भने कन्ट्रोल डियर कन्ट्रोल , फेरी आशुका धारा झरे रोक्न गाह्रो पर्छनी , ठिक भन्यौ तिमीले भन्दै उनले मेरो अङालो बाट फुत्केर मलाई एकपटक हेरिरहिन मानौ उ मसँग पहिलो चोटि भेट्दैछ ।

हामी त्यो समय भद्रकाली मन्दिर मा थियौ, उनले सुरुवात गरिन , हाम्रो यात्रा यहाँ बाट फर्पिङ को बाटो हुँदै हेटौडा अनि त्यहाँ बाट चितवन अनि फर्किदा मुग्लिन हुँदै पोखरा हुन्छ कि नाइ अनि मैले बिचमा बोले गाडी चलाउने यती लामो बाटो चैँ कसले नि , हु एल्स , मि द ड्राइवर यान यु विथ मि बाइ द साइड , लु रमाइलो हुने भो , यो एउटा प्यासन पनि हो, गाडी हाक्ने , किनकि उनी जैलेनी मलाई भनथिन , म एक्दिन गाडी जसरि नि कुदाउछु र कुनैदिन मौका मिले हामी जानु पर्छहै, यो सब कुरा मैले बिर्शन सकेको थिइन । हामीले चाहिने सब सामान प्याक गर्‍यौ र हाम्रो यात्रा सुरु भयो ।

तपाईको प्रतिक्रिया