Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

दन्किन्छन र, म चिच्याउछु मुटुभित्र रापहरु ।
मस्तिष्कमा ज्वाला पुग्दा बोले क्यारे पापहरु ।

झार्न पुगे आँखाबाट काला मैला जलबिन्दु,
तिम्रो यादले निचोरिदा कलेजिका काँपहरु।

विश्वास र शङ्का बिचको सामिप्यता बढ्दै गयो,
धुन बन्यो सम्झनाको गाए यी आलापहरु।

सपनीमा तिम्रो न्यानो स्पर्शले रात कट्याे,
बिउझिँदा त जिउभरी मेरै हातका छापहरु।

अरू केही लेखिदिन्थे निर्जिब यो छाती भरी,
मेटाउन सक्ने भए तिम्रा पद चापहरु ।

बाँधु ३, बाजुरा
हाल : मलेसीया

तपाईको प्रतिक्रिया