Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – फ्रान्समा जारी युरो कपअन्तर्गत गएरातिको खेलमा हिंसात्मक झडप भएको छ । गएराती भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा दुई टिमका समर्थबीच झडप हिंसात्मक झडप भएको हो ।

मार्से सहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि दुवै देशका समर्थकबीच झडप भएको हो । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप सुरु भएको थियो ।

आ–आफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झन्डै ९० हजार दर्शक जम्मा भएका थिए । झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतल प्रहार गरेका थिए । झडपलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।–एजेन्सी

तपाईको प्रतिक्रिया