Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टी गरिएको छ ।

गत शनिबार ७४ वर्षको निधन भएका बक्सर अलीको शुक्रबार राति अमेरिकाको केन्टकीस्थित गृह नगर लुइविलमा एक सर्वधर्म श्रद्धान्जली सभा गरेर अन्त्येष्टी गरिएको हो । श्रद्धान्जली सभामा हजारौँ मानिसको भीड लागेको थियो । सभामा मुस्लिम, इसाई, यहुदी र अरू समुदायका मानिस उपस्थित थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू आउन नसकेपछि श्रद्धान्जली सन्देश पठाउनुभएको थियो ।

उाहाले अली यो युगकै महान् तारा रहेको बताए । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलीले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थाल्नुभएको थियो । अली सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट् बक्सिङ च्याम्पियन बनेका थिए ।

तपाईको प्रतिक्रिया