Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

                                                                                                             सलाेजा

“तिमी मेरी अन्तिम प्रेमिका हुनेछौ ।”
उसले केही भावुक हुँदै भनेको थियो ।
“डुल्दा र डुलाउँदा थाकिसकेँ । सरकारी जागिर भए पेन्सन हुने बेला भइसक्यो ।” फेरि मुस्कुरायो ।
“कहिलेदेखि सुरु गर्‍यौ ?”
“१४ वर्षको हुँदा । मैले होइन, उसैले सिकाएकी हो । कक्षा ९ मा पढ्थेँ ।”
“अनि ?”
“बिर्सनै नसक्नेचाहिँ पाँच नम्बरकी थिई ।”
रक्सी भट्टीको कुनामा छ ऊ । लोकल रक्सीसँग भैँसीको सुकुटी चपाउँदै । पिएर साथ नदिए पनि एउटै टेबलमा बसेर उसले खाएको रक्सीलाई मौन समर्थन गर्दै थिएँ म । रक्सी र सुकुटीमा मस्त ऊ बेलाबेलामा मेरो नाडीसम्म हात ल्याइपुर्‍याउँछ ।
रात छिप्पिँदै छ । रातसँगै ठूलेको जिब्रो पनि लर्बराउन थाल्यो ।
“कसम सानु ! म तिमीलाई मन पराउँछु । तिमी नै मेरी अन्तिम प्रेमिका हुनेछौ ।” मेरो अनुहारमा एकोहोरो हेररिह्यो ।
दिनभर कुल्ली काम गरेको जीउ गलेको थियो ।
“अब सुत्न जानुपर्छ ।” उसको कुरालाई बेवास्ता गर्दै भनेँ ।
गिलासको पीँधमा भएको रक्सी र प्लेटमा बाँकी रहेको एक चोक्टो मासु एकैपटकमा बुत्यायो ।
“म गएँ, तिमी पनि जाऊ ।” जुरुक्क उठेर हिँडेँ ।
भट्टी पसलबाहिर निस्कँदै गर्दा मेरो हात समात्यो । एउटा हातले आफ्नै गला छुँदै उही कुरा दोहोर्‍यायो, “कसम सानु ! म तिमीलाई माया गर्छु ।”
म एकपटक मुस्कुराएँ र उसलाई हेर्दै छुट्टीएँ ।
उसले गाउँ छाड्दा म कक्षा ५ मा पढ्थेँ । गाउँमा मोटरबाटो खन्दादेखि कुल्ली काम सुरु गरेको ऊ अहिले ठेकेदार भएको छ । मेरो जेठो दाजुको उमेरको हुनुपर्छ, मभन्दा सात वर्षजति जेठो ।
बाटोमा जाँदै गर्दा ठूलेको ‘साँच्चै मन पराउँछु’ भन्ने आवाज पटक-पटक कानमा गुञ्जिरह्यो ।
गाउँमा हुँदा म पनि ठूलेलाई मन पराउँथेँ नि ! त्यसबेला समय फरक थियो, मैले मन पराउँछु भन्न सकिनँ, अहिले उसले भनेको बेलामा…।
बिना गेटको सानो घर । नीतिले छोडेर गएकी मैला भएका सिरक, डसना, कहिल्यै रङ नलगाइएको र अलिअलि ढुसी गनाएको कोठा । सधैँ अल्छीलाग्दो भए पनि आज खासै नराम्रो लागेको छैन । एकपटक फेर ठूलेको अनुहार सम्झिन्छु । मान्छे उस्तो राम्रो त छैन । तर पनि साथ दिन्छु भन्छ !
मलाई जिन्दगीमा साथ दिन्छु भन्ने ठूले दोस्रो व्यक्ति हो । त्यसअघि सागर थियो ।
क्याम्पस पढ्दाको साथी । सँगै भूमिगत भइयो । युद्धका धेरैवटा मोर्चा पनि सँगै लडेका थियौँ ।
अहिले ऊ काठमाडौँको रैथानेजस्तै बनेको छ । गाडी, बंगला, नोकर-चाकर सबैले परपिूर्ण छ । उसले युद्धमा गरेका कुरा र अहिलेको जीवनशैली पूरै फरक थियो ।
मनभरि पीरो भएर आयो, हामी हुकुमी र मालिकी शैली अन्त्य गर्ने भन्थ्यौँ । त्यहीमध्येको सागर अहिले मालिक बनेको छ । कसरी पूरा भयो हाम्रो मिसन ?
उसलाई सम्झिएपछि झन् अन्याय भएको महसुस गरेँ ।
त्यही भट्टीपसलमा खाएको छोइला र चिउराले नै आजको रात कटाउने सोचमा थिएँ । ठूलेले फोन गर्‍यो ।
उही लरबिरएकाे स्वरमा भन्यो, “सानु ! म तिमीसँग कहिल्यै ढाँट्दिनँ । साँच्चै मेरो अन्तिम प्रेमिका तिमी नै हुनेछौ ।”
“पहिलेकी सँग के भयो र ?”
एकपटक ऊ हिक्कहिक्क गर्दै रोयो । मैले केटा मान्छे रोएको देखेको युद्धमा हिँड्दा हो । सँगै सुतेको हजुरबालाई मारेपछि २३ वर्षजतिको नाति नमज्जाले रोएको थियो । त्यसपछिका कुनै आँसुले पनि नछोएको मलाई ठूलेका आँसु अलि भारी लाग्यो । पहिलोपटक आँसु महसुस गरेझैँ नमीठो दुख्यो मन ।
हजुरबा मरेपछि कहालिँदै रोएको नातिलाई हाम्रो कमान्डरले मार्ने धम्की दिएका थिए ।
ठूले रुँदा म प्रतिक्रिया विहीन, चुपचाप छु ।
केहीबेरपछि ठूले बोल्यो, “सब छोड, म तिमीसँग प्रेम गर्छु, अन्तिम र मायालु प्रेम ।”
ठूलेकी अन्तिम प्रेमिका ! मन चसक्क भयो । प्रेमिका भनिसकेपछि अन्तिम नभनेको भए हुन्थ्यो नि ! यसअघि उसका अन्य प्रेमिका भए पनि किन सुनाउनुपथ्र्यो र ?
सागरले तिमी मेरी पहिलो प्रेम हौ भन्दा मन जति खुसी भएको थियो, ठूलेले अन्तिम प्रेमिका भन्दा त्यति नै दुख्यो । अनायास रीस उठ्यो । फोन काटिदिएँ ।
फेरि फोन गररिहेको थियो ।
धेरै बेरपछि फोन उठाएँ, “किन, मसँग बोल्न मन छैन सानु ?”
यो निस्पट्ट रातमा, सानो र मायालु स्वरमा ठूले प्रेमशैलीमा बोल्दै थियो ।
मोबाइल नै स्विच अफ गरेँ ।
प्रेम शब्द नसुनेको १० वर्ष भएछ । म जहाँ थिएँ, हार, जित र आवश्यकताको कुरा हुन्थ्यो ।
करबि १० वर्षअघिको समय सम्झिएँ । २०५६ साल, एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ आएकी थिएँ ।
करबि एक वर्षपछि जेठा दाजु एकाएक बेपत्ता भए । कमाएर ल्याउने र सँगै बस्ने दाजु हराएपछि अलपत्र परेँ । कहाँ जाने केही अत्तो थिएन । क्याम्पसबाट प्रहरीले नै दाजुलाई बेपत्ता पारेको थाहा पाएपछि साथीहरूले कोठामा नबस्न सल्लाह दिए । विकल्प खोज्दै म विद्यार्थी आन्दोलनमा लागेँ । पूर्ण भूमिगत ।
राष्ट्र र नागरकिका लागि भएको भूमिगत । त्यसबेला अधिकारका कुरा खुबै  गिरयाे । सामन्तीको अन्त्य गर्नु थियो, समाजलाई स्वतन्त्रता दिलाएर मुक्तिको श्वास फेर्न सक्ने बनाउनु थियो । नागरीकको शासन ल्याउन चाहन्थ्यौँ । नागरकि सर्वोच्चता ! उफ् ! कहाँ पुग्यो ?
फोन अन गरेँ ।
ठूलेले फेरी फोन गर्‍यो, “सानु किन चुप लागेकी ?”
“निद्रा लाग्यो ठूले, अब भोलि भेटौँला ।”
उसले एकछिन फोन नकाट्न भन्यो, “साँच्चै सानु ! मलाई तिम्रो असाध्यै माया लाग्छ ।” म अझै चुपचाप थिएँ । ठूलेको फोनले सागरको याद बढ्दै गयो । मेरो पहिलो प्रेमी हो सागर । उससँगका क्षण लामा नभए पनि स्मरणीय छन् । अब ठूलेसँग बोल्नै मन लागेन, फोन काटेँ ।
सागरसँगै भूमिगत भएको जीवन सम्झिएर बेचैनी अझै बढेको थियो । भूमिगत हुनुअघिको प्रेम ! दाजुको हत्या नभएको भए सागरसँग बिछोड हुने थिएन । हामी खुसी हुने थियौँ ।  सागरको यादले निद्रा हरायो । छटपटी अझै बढ्यो ।

रातभर सम्झिएँ, भूमिगत भएपछिको समय । समानता, बाल अधिकार, महिला अधिकार, जनजाति, दलितमुक्ति, विशेष अधिकार, मजदुर हित, नागरकि सर्वोच्चता । अहिले कहाँ छन् ती समानताका नारा ? सायद अबको चुनावसँगै ती नारा पनि गाउँ छिर्छन् होला ।
दिनभरी गिटी बोकेको ढाड नमज्जाले दुख्यो ।
ब्यूँझदा घाम माथि पुगिसकेको थियो । ठूलेको फोन आयो, ओछ्यानमा सुतीसुती फोन उठाएँ । ठूलेले बेलुका बोलेको एक शब्द पनि दोहोर्‍याएन । भट्टी पसलमा बस्दा हरेक वाक्य बोल्दा प्रेम गर्छु भन्ने ठूले घाम उदाएसँगै फेरीएकाे थियो । ऊ पूरा कामको कुरा गर्दै थियो । ढलान छाप्न ढिला भएको, गिटी बोक्न बेलैमा नपुगेको भन्दै अलि रूखो देखियो । हुन त ठूलेले भन्दा पनि रूखो व्यवहार गर्थें म।
त्यसपछि ठूलेसँग कहिल्यै भेट भएन । अर्थात्, म कुल्ली काममा गइनँ ।

वर्षौपछि सागरको यादले सताएको छ । दिनभर कोठामा बसेँ । अल्छीलाग्दो समय । फेरि सागरलाई सम्झिएँ। अन्तिमपटक एक वर्षअघि सम्पर्क भएको थियो । हामी दुईको जीवनशैली पूर्ण फरक छ । ऊ समयसँगै परविर्तन भएको । समयलाई सदुपयोग गर्नुपर्छ भन्थ्यो ।

कार्यक्षेत्र फरक भएपछि छुट्टएिका हाम्रो आजसम्म आत्मीय भेट भएको छैन ।
सागरले दिएको भिजिटिङ् कार्ड खोज्न थालेँ । जे पर्ला, अब सागरलाई भेट्छु । मोबाइलबाट नम्बर डायल गरेँ, फेरिकाटेँ, बेवास्ता गर्‍यो भने झन् नराम्रो लाग्छ । म जहाँ छु ठीक छु, उसलाई भेटेर किन बिथोलिनु ? मोबाइल टेबलमा राखेँ ।
झ्यालबाहिर हेरेँ, पैयूँ फुलेको, केही फूल भुइँभरि थिए । तर, पुतलीहरू रूखैमा भएका फूलमा झुम्मिरहेका थिए, घुमिरहेका थिए । भुइँमा झरेको फूल हेरेँ । कस्तो विडम्बना ! यति राम्रो फूल पनि ओइलाउनुपर्ने । बरू नफुलेकै भए हुन्थ्यो । पुतली बसेको फूल भुइँमा झर्‍यो । आफैँलाई चिमोटेझैँ लाग्यो, कताकता चर्कियो, अब यो फूलले पनि ओइलाउनुपर्छ । एकपटक आँखा चिम्लिएँ ।
सागरकै नम्बरबाट फोन आयो ।
“यो नम्बरबाट मिस्डकल आएको थियो ।” परििचत लाग्ने बोलीमा बोल्यो । उसको बोली त फरक भएको रहेनछ, व्यवहार कसरी परविर्तन गर्छ होला र ? आफैँ प्रति विश्वास बढ्यो ।
“सागर, म सरतिा ।”
उसले अचम्म मानेन, मलाई नै सम्झेर बसेझैँ भन्यो, “सरतिा ! आज भेट्नुपर्छ ।” आदेश दिएझैँ बोल्यो ।
मेरो कोठासम्म लिन आयो । उसलाई ‘जनयुद्ध’पछिको मेरो कोठा देखाएँ र एकपटक प्रहरीले गाउँ नै घेरा हालेको दिन सुँगुरको खोरमा रात बिताएको सम्झाएँ ।
“त्यसभन्दा अलि व्यवस्थित छ नि मेरो कोठा ।” बोल्दै गर्दा कोठादेखि मेरो शरीर पनि नियाल्यो । मैले लगाएको कपडा, र्‍याकमा राखेको जुत्ता, किचनको सामान सबै सबै ।
ऊ खिस्स गर्‍यो र चुपचाप बाहिरीयाे । मलाई उसकै कारमा बस्न भन्यो । सीधै सपिङ् महल ।
कपडा रोज्न लगायो, जुत्ता, ब्यागसहित अन्य केही आवश्यक सामान पनि किन्न भन्यो । हामी युद्धमा हँदा पनि चन्दा उठाएको मध्ये केही पैसाले आफ्ना लागि यसैगरी सामान किन्ने गथ्यौँ । तर, अहिले त्यसबेलाजस्तो हतारमा किन्नुपरेको छैन । को आए/आएनन् भन्ने चिन्ता छैन । पसल-पसल चहार्दै, निस्फीक्री सामान किन्याैँ र न्युरोडको एउटा क्याफेमा गयौँ । बाटोभर कमै मात्र बोलेको सागरले क्याफेमा पुगेपछि खुलेर बोल्न चाह्यो, “अब के चाहन्छौ ?”
“मैले चाहेको के नै पाएकी छु र ?”
“तिम्रो त्यो चञ्चलतासँगै उत्साह पनि मरेको हो र ? इच्छा त हुन्छ नि ?”
“सायद !”
धेरै बेरसम्म टेबल शान्त भयो । मजस्तै चुपचाप थियो सागर । तर, मोबाइलमा घन्टी बजिरह्यो ।
शून्यता तोड्दै भनेँ, “कायकर्ता, कमान्डरदेखि कुल्लीसम्मको जिन्दगी बाँचेँ । जीवनप्रति उत्साह मात्र होइन, निराशा पनि छैन । एउटै इच्छा छ, मेरो मृत्युमा अब धेरै मलामी होऊन्, हत्यारा होइन । अहिलेसम्मको जिन्दगी किन बाँचेँ त थाहा छैन । तर, अबको जीवन मलामी कमाउनका लागि जिउन मन छ ।”
उसले के बुझ्यो कुन्नि ! तत्काल कुर्सीबाट उठेको सागर अहिलेसम्म फर्केको छैन।

तपाईको प्रतिक्रिया