Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

साँच्चै भन्नु पर्दा आफूले आफूलाई धिक्कार्न मन लाग्छ
तर यथार्थ यहि नै हो सत्य सबैलाई तीतो लाग्छ ।

ल हेर अब त्यो शिखर चुम्दै छ यसलाई चुम्न दिनु हदैन बैठक बस्छ
आफु त केही गर्दैन अरुले गरेको काम बिगार्न सबभन्दा पहिले अघि सर्छ ।

पैसा र रक्सीमा आफूलाई बेच्नेले पनि संसारकै हिरो आफूलाई ठान्ने
सहि के हो गलत के हो छुट्याउन नसक्नेलाई पनि देउता मान्ने ।

आखिर त्यस्तो गर्ने नहुने कार्य के नै गरियो र खै
आरोप प्रतिआरोपमा पिरोलिन पर्ने कहाँ गल्ति भएछ खै
अचम्म लाग्छ यो समाजका मान्छेहरु देखेर चलचित्रका दृश्य झैँ ।

मैले त्यस्तो काम गर्ने रहेछु जो कामले मेरा बिरोधिहरुको मन जल्ने रहेछ
तर मैले जोकाम गर्ने गरेको छु त्यो कामले अन्धकारमा उज्यालो छर्ने छ ।

मैले आफूले आफूलाई गर्व गर्ने छु एक दिन पक्कै मर्ने हो राम्रो काम गरेरै मर्नेछु ।

आज थाहा हुदै छ ती जल्नेहरुलाई एकै पटकमा खरानी बनाउनुपर्ने रहेछ
ताकि पटक पटक जलाउन नपरोस यहि त मेरो ठूलो गल्ति भएछ ।

– दिल्ली भारत

तपाईको प्रतिक्रिया