Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं- भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसँग सम्बन्धित कविताहरूको सँगालो ‘काव्यमय नेपाल’को लोकार्पण गरिएको छ ।
गैर आवासीय नेपाली संघको सातौं विश्व सम्मेलनको एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सो कृतिको लोकार्पण गरिएको हो । ‘काव्यमय नेपाल’ सङग्रहमा नेपालको राजधानी काठमाडौंलगायत नेपालका विभिन्न नगर, नदी, ताल, पर्वत, स्मारक आदिको बारेमा नेपाली कविहरूका भावाभिव्यत्तिहरूलाई स्थान दिइएको छ । यस सङ्ग्रहका आधा सयभन्दा बढी विभिन्न स्थानहरूको सन्दर्भमा विभिन्न शैली र विचारधारा राख्ने कविहरूद्वारा विभिन्न समय र परिस्थितिमा रचिएका कविताहरूलाई वर्णानुक्रम अनुसार यथास्थान समावेश गरिएको लेखक कृष्णप्रकाश श्रेष्ठको भनाइ छ । छन्दोबद्ध कविताका प्रेमी पाठकहरूका साथै गद्य कविताका हिमायती पाठकहरूले पनि यस ‘काव्यमय नेपाल’ भित्र विचरण गरेर नेपाली कविताहरूको किञ्चित् रसास्वादन गर्न सक्ने लेखकको विश्वास छ ।

IMG_4756

लोकार्पण पश्चात पुस्तक प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री द्वय लोकेन्द्रबहादुर चन्द तथा माधवकुमार नेपाल, पूर्वशिक्षा मन्त्री दीनानाथ शर्मा, वरिष्ठ अधिवत्ता विश्वकान्त मैनालीलगायत विशिष्ट व्यक्तिहरूलाई उपहार स्वरूप प्रदान गरिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया