Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

अब झिक्नै पर्ने भो डोब भित्र राखेको गोर्खे खुकुरी
रहर होइन बाध्यता हामी नेपालीहरुको मजबुरी
कति सताउँछौं हामीलाई ए राष्ट्रघाती अपराधी
देशलाई टुक्राई आमालाई रुवाइ के पाउछौ उपाधी?

अब उठाउने पर्ने भो जिजुबाले खेलाएको बन्दुक
बनाउनु पर्ने भो देशका दलालहरुको लास राख्ने सन्दूक
नेपाली ठिटो आटो र पिठो खाएको त्यो गुन्द्रुक
अब उधाउनु पर्ने भो खुकुरी जुटाउनु पर्ने भो बन्दुक ।

बोलेर मात्र होइन काम गरेर नै हुन्छ उपलब्धि
खोजौं अब हामी भित्र भएका शत्रुलाई छपछपी
झिक्नु पर्छ खिया लागेको खुकुरी चम्किन्छ धपधपी
काट्नु पर्छ दुस्मन लाइ मुला काटे जस्तै छपछपी ।

अब बिउझाउनु पर्ने भो जिउदै मारेका ति वीरहरुलाई
रहर होइन बाध्यता लडाई लड्न हामी नेपालीहरुलाई
आउ अब जगाऔ उठाऔं भोकाबन्दु अनि देशभक्तिहरुलाई
देउ अब सहारा हामीबीच भएका शत्रुहरु मास्नलाई ।

जन्म देउ नेपाल आमा अब देशभक्त छोराछोरी हरुलाई }३

– अर्घाखाँची नेपाल
हाल: दिल्ली

तपाईको प्रतिक्रिया