Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

टोकियो – नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा आइतवार टोकियोमा सद्भाव पिकनिक सम्पन्न भएको छ ।

जापानमा रहेका नेपालीहरुबीच पारस्परिक भेटघाट, परिचय, सम्पर्क तथा सम्बन्धमा नविकरण गर्ने उद्देश्यले जनसम्पर्क समिति जापानले हरेक वर्ष पिकनिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
आयोजित पिकनिक कार्यक्रममा उपस्थित भई सौहाद्रपोर्ण वातावरणमा सफल पार्न सहयोग गर्नुहुने सम्बन्धित सबैमा कार्यक्रम संयोजक डिपी कँडेलले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

पिकनिक कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, सहचारी रेवन्त केसी लगायत जापानका विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएन जापानको नेतृत्वको दावी गर्दै आएका उम्मेदवारहरुको पनि उपस्थिति रहेको थियो ।
खुल्ला ठाउँमा भेला भई अन्य परिकारहरुका साथै मासु पोलेर खाने (बिबिक्यू गर्ने) प्रचलन पछिल्लो समयमा नेपाली समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । प्रायः संघ-संस्थाहरुले यसप्रकारको कार्यक्रमलाई महत्वकासाथ आफ्नो बार्षिक कार्ययोजनामा राख्न थालेका छन् । भेटघाट र रमाईलोका हिसाबले ठिकै भए पनि समाजलाई सन्देश दिने र उपलब्धिमुलक हिसाबले भने यो सँस्कारलाई हरेक संघ-संस्थाहरुले प्राथमिकतामै राख्नुपर्ने आधारहरु खासै देखिदैन ।***
2 4 5 6
1 7 8 9 10 11 12

तपाईको प्रतिक्रिया