Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – पहिलो चरणको आन्दोलनमा भएको प्रहरी हस्तछेप र चर्को दमनको विरोध गर्दै दलित समुदायले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २३ देखि ३० सम्मका विभिन्न कार्यक्रम घोषणा गरिएको हो ।

अधिकारकर्मी विनोद पहाडीका अनुसार साउन २३ गते दलित र गैरदलित समुदायका सभासदसँग अन्तक्र्रिया तथा २४ गते माइतीघरदेखि बानेश्वरसम्म महिलाको नेतृत्वमा जुलुस गर्ने कार्यक्रम तय भएको छ । उक्त जुलुसको नेतृत्व महिलाले गर्नेछन् । त्यस्तै गैरदलित महिलालाई पनि जुलुसमा सहभागी हुन आह्वान गरिएको छ ।

यसैगरी, २५ गते काठमाडौंमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइनेछ भने बाँकी जिल्लामा जुलुससहित जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ । बिजुली बजार चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा २६ गते ११ बजेदेखि २ घण्टा सिठी बजाउँदै चक्काजाम गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

साउन २७ गते काठमाडौंमा माइतीघरबाट बानेश्वरसम्म कफन बाँधेर जुलुस निकाल्ने, २८ गते शीर्ष नेतासँग अन्तक्रिया, २९ मा काठमाडौंमा मोटरसाइकल र्‍याली र ३० गते माइतीघरदेखि बानेश्वरसम्म सांस्कृतिक झाँकी सहितको बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । दोस्रो चरणको आन्दोलनका क्रममै सरकारले वार्तामा बोलाए आन्दोलनसँगै वार्ता जारी राख्ने र माग पूरा नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने पहाडीले बताए ।***

तपाईको प्रतिक्रिया