Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

मोरङ – मोरङ प्रहरीलाई अहिले बिहेको झमेला र जग्गा कारोबारको किचलो मिलाउने कामको चाप बढेको छ ।

मोरङ प्रहरी प्रवक्ता प्रभु ढकालका अनुसार जग्गा र बिहेको किचलोमा प्रहरी धेरै व्यस्त हुनुपरेको छ । जग्गा कारोबार बढेसँगै किचलो पनि बढेको उनले बताएका छन् । त्यस्तै, अन्तरजातीय बिहेका कारण हुने झगढा मिलाउन पनि प्रहरी व्यस्त हुने गरेको छ ।

उनका अनुसार मोरङमा महिनामा २० देखि ३० वटा जग्गासम्बन्धी र त्यति नै मात्रामा बिहेका किचलो प्रहरीमा आउने गरेका छन् । जग्गासम्बन्धी किचलोमा प्रायको आफू पीडित भएको दाबी हुन्छ । बिहेसम्बन्धी किचलोमा केटी अपहरण गरेर वा बेचबिखनका लागि लगेको भनेर मुद्दा दर्ता गराउन दबाब दिइएको हुन्छ ।***

तपाईको प्रतिक्रिया