Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

इजरायल- विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश मनाएको छ ।
रमातगानको पार्क लुमीमा मनाइएको दिवश इजरायलका लागि नेपाली राजदुत प्रल्लादकुमार प्रसाईंले उद्घाटन गर्नुभयो । कार्यक्रममा राजदुत प्रसाईंले भानुको योगदानको चर्चा गर्दै कविता समेत बाचन गर्नुभयो । त्यस्तै, कार्यक्रममा उपस्थित आयोजक संस्थाका सदस्य र अन्य संघ सस्था र संगठनबाट उपस्थित प्रतिनिधि तथा साहित्यकार तथा साहित्य अनुरागीहरुबाट कविता, गजल, मुक्तक, गीत र भानुभक्त सम्बन्धि रचनाहरु बाचन गरिएको थियो । कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्यानुरागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

bhanu
कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश गौतम ‘सागर’ गर्नु भएको थियो भने स्वागत मन्तव्य सहसचिव कल्पना पौडेल ‘जिज्ञासु’ले गर्नुभएको थियो । आयोजक सस्थाको तर्फवाट बरिष्ठ उपाध्यक्ष दीपेन्द्र थापाले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्नु भयो भने संस्थाकी सदस्य समा श्रीले भानुभक्तको आलेखको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसैगरि, अनेसास इजरायल शाखाका अध्यक्ष कृष्णपक्ष थापा र हिन्दुजागरण नेपाल अभियान इजरायलको तर्फवाट सुमित्रा आचार्य शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष मति सावित्रा लुइँटेल घिमिरेबाट उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया