Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

‘एकलब्य दृष्टि’को दोश्रो संस्करण बजारमा

काठमाडौं- नेपाली लघुकथा साहित्यका अग्रणी कथाकार रवीन्द्र समीरको बहुचर्चित लघुकथा संग्रह एकलब्य दृष्टिको दोस्रो संस्करण बजारमा आएको छ ।

८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको संगालो एकलब्य दृष्टिमा मानव जीवन, प्रकृति, बिकृति, विभेद एबम चिकित्सा क्षेत्रमा देखिएका असंगतिहरुलाई रोचक एबम घोचक ढंगले उजागर गरिएको छ ।

२०७२ चैत्रमा फाइन प्रिन्टद्वारा प्रकाशित एकलब्य दृष्टिको दोश्रो संस्करण जेठमै प्रकाशित भएपनि भूकम्पको कारण हाल मात्र बजारमा ल्याइएको फाइन प्रिन्टका कार्यकारी निर्देशक निरज भारीले बताए । एकलब्य दृष्टि लघुकथा संग्रह नेपाली लघुकथाको मानक कृति रहेको भन्दै भारीले भने – हरेक बर्ग र पेशाका व्यक्तिलाई लघुकथा लेखनमा यो कृतिले सहयोग पुग्ने बताए ।

भूकम्पपिडित बालबालिकाको सरसफाई, पोषण, स्वास्थ्य र शिक्षामा सम्पूर्ण रोयल्टी अर्पण गर्छु भन्दै बालअधिकारकर्मी तथा साहित्यकार रवीन्द्र समीरले बताए । उनी थप्छ्न हामी सबैको साझा प्रयत्नबाट यो अभियान बिस्तार हुँदै जानेछ ।

बिगत दुई दशक भन्दा लामो समय लघुकथा विधालाई केन्द्र बनाएर ८ वटा लघुकथा संग्रह सहित १० वटा साहित्यिक कृति प्रकाशित गरेका समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड लघुकथा संग्रह तथा ग्रेटवालको ग्रेट अनुभूति नियात्रा संग्रह बहुचर्चित पुस्तक हुन् ।

पद्मश्री साहित्य सम्मान, मोति पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल बिध्याभुषण लगायत दुई दर्जन भन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त समीरले बैशाख १२ गतेको महाभूकम्प पछि ८ जिल्लाका अतिप्रभाबित ५४ गाउँमा निशुल्क स्वास्थ्य शिविर मार्फत ९,००० भन्दा धेरै पीडितहरुको उपचार गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया