Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

त्यो एक पट्टी बुद्धलेव मूर्ति ।
हाँसीरहेृको हेरदा छ स्फूर्ति  ।।
शान्तिका दूत बुद्ध देव जान ।
उपदेश उनको अति राम्रो मान ।। १ ।।

त्यो एक मन्दिर शिब गौरीको हो ।
मन्दिर खडा चो अनि कृष्णजी को ।।
बन्दै गए त्याँ साल भारी वन्मा ।।
अवसर मिल्यो बर्णन गर्न मन्मा ।। २ ।

श्रीकृष्ण राधा कति राम्रो मूर्ति ।
स्थापित भई त्याहा हुन गो निकिर्ति ।।
हे भक्तजन हो ! दिनहुँ गएर ।
दशृन गरौ हामी सव मिलेर ।। ३ ।।

यो भन्दा ठूलो अरु के छ हेर ।
बन्दै गरुन मन्दिर अन्य धेर ।।
जिवन छ अस्थिर कर्म गर्नु स्थिर ।।
झुकि रहु रातदिन मूर्ति निर ।। ४ ।।
श्रीकृष्ण राधा हसीलो मूहार ।
युगल शरीरको लिऊ है सहार ।।
रधा सखी जहा छन् कृष्ण त्यहा ।
बस्छन् सदा एक भई मन्दिरै महाँ ।। ५ ।।

आर्थिक सुदृढ कारण ले नि गर्दा ।
त्यो धर्मशाला कति राम्रो हर्दा ।।
आई बसेका सब साधु सन्त ।
श्रद्धालु भक्तहरुको भिडन्त ।। ६ ।।

वरीपरी आटवीको छहारी ।
कुइली र चातक खेल्छन जुहारी ।।
केकाहरु नाच्दछन् आई त्यहाँ ।
श्रीकृष्ण राधा रहन्छन् नि जाहाँ ।। ७ ।।

बकुल चम्पा फूलहरु  धन्य ।
फूलिरहेका  परितः सुरम्य ।।
बास्नामय युक्त छ त्यो नि ठाँउ ।
भजन र कीर्तन दिनहुँ नि गाँउ ।। ८ ।।

माधुर्य रुपं करममा छ बंशी ।
हरीणहरु हेर्दछन् तम्सी तम्सी ।।
ती भक्तप्रेमी जनहेरु आई ।
नाचगान गर्न खुशी भै रमाई ।। ९ ।।

हे धन्य भूम तिमी  भाग्यमानी ।
लियौं नि काखमा रमणीय ठानी ।।
त्यो स्वच्छ हावा सरर चलेको ।
बासन्ति बास्ना मगमग भएको ।। १० ।।

यौ दैवी सम्पत्ति भनी गनिन्छ ।
शास्त्रादिको मत पनि यै बुिझन्छ ।।
इन्द्रिय मनको बिकृति हटाई ।
अध्यात्म निष्ठा भई भाव जगाई ।। ११ ।।

जति म लेख्छु उति टुङ्गिदैन ।
मन बुद्धि चित्त किन बाँधिदैन ।।
इच्छा प्रकट भोर बयान गर्न ।
छोड्यो कलम लेखनलाई सर्न ।। १२ ।।

यो बाणि जीवन नर देह चोला ।
गन्तब्य स्थान कता तिर होला ।।
संयोग बियोग नीवन छ चक्र ।
आखिरमा मन्दिरमा शान्ति पक्र ।। १३ ।।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया