Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
कहाँ छौ तिमी हे युवा छोरा छोरीहरु हो मेरो छाती चिरिँदा
कहाँ छौ तिमी हे नेताहरु हो मेरो आँखा बाट बलिन्द्र आँशु बगी रहँदा ।तिमीहरुलाई कर्म दिन नसके पनि जन्म दिएकै हुँ
हुर्काए बढाएँ पहिचान दिएँ मैले आफ्नो कर्तब्य निभाएकै हुँ ।हिजो भूकम्पले मेरो छाती चिरिँदा छिमेकी ले गुहार दिए
तर तिम्रो कुनै अत्तोपत्तो भएन नचाहेर पनि उनीहरुको सहारा लिएँ ।तिमीहरुलाई गरी खानको लागि दिएको छु हिमाल,पहाड अनि तराई
त्यो तिमीहरुलाई मन परेन कि रु के हो हुँदै गयौ किन म देखि पराई ।

अन्य मुलुकमा गएर तिमी जस्तोसुकै काम गर्न तत्पर हुन्छौ
तर आज आफ्नै घरमा दुख पर्दा तिमी टुलुटुलु हेर्दै रुन्छौ ।

के यही हो त तिमीहरुको कर्तब्य आफ्नो मातृभूमि प्रति गर्ने श्रद्दा रु
पैसाको लागि स्वार्थी नबन भोलि कोही हुने छैनन् तिमीलाई दुख पर्दा ।

आउ अब तिमीहरु हातेमालो गर्दै एकजुट भएर
यो दुखेको घाउमा मल्हम लगाउ सच्चा नेपाली भएर ।

अनि मात्र मलाई गर्व हुनेछ र खुशी हुनेछु
कि मैले सच्चा नेपाली छोराछोरीको जन्म दिएको छु ।।

-अर्घाखाँची, हाल (दिल्ली) भारत

तपाईको प्रतिक्रिया