आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपालमा गत शनिबार गएको महाभूकम्पबाट भएको जनधनको क्षतीप्रति गहिरो दुख ब्यक्त गर्दै क्योदाई रेमिट्यान्स आइर्एमई, गोर्खाली समाज र टोकियो ब्रदर्शको संयुक्त पहलमा राहत संकलन अभियान सुरु गरिएको छ ।

जसअनुसार क्योदाई रेमिट्यान्स आइर्एमईले १० लाख येन, क्योदाई रेमिट्यान्सका कार्यकारी प्रमुख युइचिरो किमोतोले ५० हजार येन, क्योदाईका निर्देशक काशिको किमोतो ५० हजार येन, गोर्खाली समाज र टोकियो ब्रदर्शले १ लाख ३० हजार येन संकलन भईसकेको जानकारी प्राप्त भएको छ ।
भूकम्प पीडितहरुका लागि राहत सहयोग गर्न चाहनेहरुले क्योदाईको हुलाक एकाउण्ट नंवर 10110-45838551 मा दाखिला गरेर वा क्योदाईको काउन्टरमा सम्पर्क राख्न सकिने बताईएको छ । ***

तपाईको प्रतिक्रिया