आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो-नेपालमा शनिवार गएको विनाशकारी महाभूकम्प पीडितहरूको लागि राहत उपलब्ध गराउने उध्देश्यले जापानमा गठन गरिएको राहत संकलन अभियानलाई प्रभावकारी बनाउन नागोयाबासीहरुको आपतकालिन भेला सम्पन्न भएको छ ।
महाभूकम्प र अहिलेको विषम परिस्थितिबारे केन्द्रित उक्त भेलामा बिभिन्न संघ सस्थाका प्रतिनिधि सहित नागोयामा बसोबास गर्दै आउनु भएका नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा नागोया एनएचके टेलिभिजनका पत्रकार, च्युनिची दैनिक पत्रिकाका जापानिज पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
4
अनौपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रम एनआरएनका प्रबक्ता सन्देश पोखरेलले संचालन गर्नु भएकाे थियो भने बिभिन्न संघ सस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभएको थियो ।
आफ्नो धारणा राख्नेक्रममा गल्कोट समाज जापानको तर्फबाट समाजका महासचिब भवानी पन्तले नेपालमा आएको महाभूकम्पले सम्पूर्ण नेपालीलाइ स्तब्ध बनाए तापनि शोकलाइ शक्तिमा बदल्दै नेपालमा राहत यथासक्य छिटो पठाउन समाजका सम्पूर्ण सदस्यहरु पूर्ण रुपमा आर्थिक राहत उठाउन लागेको र छिट्टै नै राहत सम्बधित ठाउमा पुर्याउन पहल गर्ने बताउनुभएको थियो ।
एनआरएन जापानका तोकाइ होकुरिकुका संयोजक बिष्णुप्रसाद घिमिरेले अहिलेको यो विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो स्थानबाट आफुले सकेको सहयोग गरौ, यो जापानमा चलेको बृहत अभियानमा आफु पनि सहभागी र अरुलाई पनि सहभागी बनाउन आब्हान गर्नुभएको थियो ।
3
एनआरएन जापानका अध्यक्ष पारसमणि पोख्रेलले आफ्नो भनाइ राख्दै ७० देशका सम्पूर्ण एनआरएनको समन्वय दैनिक केन्द्रिय सचिवालय काठमाण्डौमा हुने र कार्यप्रगति सम्प्रेषण गर्ने गरिएको बताउनु भयो । उहाकाअनुसार अहिले आर्थिक नभएर आवश्यक सामानहरु खरिद गरी सम्बन्धित स्थानमा पुरयाउनका लागि एनआरएनको टिम काठमाडौंमा सक्रिय रहेको समेत जानकारी दिनुभएको थियो ।

भेलामा उपस्थित समुदायबाट राहत रकमको सही सदुपयोग गर्न सुझाब सहितका धारणा ब्यक्त गरिएको थियो । जस अन्तर्गत आवश्यकताको ठोस पहिचान गरी यथासक्य छिटो राहत पुरयाउन एनआरएन जापान लगायत अहिले बनेको नेपाली समुदायको राहत संकलन समितिलाई सुझाब दिएका थिए । तत्काल आवश्यक पर्ने सामाग्रीहरु औषधी खाद्यान्न लगायत सामाग्री बिकट ठाउमा कसरी पुरयाउन सकिन्छ त्यो बारेमा सोचेर छिटो काम कार्यावन्यनमा जानुपर्ने राय उपस्थित नागोयाबासीको रहेको थियो ।
छोटो समयमा सूचना जारी गरी गरिएको भेलामा उलेख्य नेपालीहरुको उपस्थित रहेको थियो भेला नागोयास्थित अन्तर्राष्ट्रिय भवन सेन्टरमा भएको थियो | भेलामा विनासकारी भूकम्पमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित दिवंगत आत्माको कामना सहित १ मिनेट मौन धारण गरिएको थियो ।***
2

तपाईको प्रतिक्रिया