Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

आसफोर्ड – विश्व नेपाली साहित्य महासंघ बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ ।

आइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हितानले वातावरण, युध्द साहित्य र प्रेमले ओतप्रोतले कविताहरु रोचक ढंगबाट वाचन गरेका थिए ।
कवि हितानको एकल वाचन सकिएपछि साहित्यकार जानुका राईले वाचन गरिएका कविताका बारेमा समिक्षात्मक टिप्पणी गरेकी थिइन ।

सुमधुर वाचन र आफ़्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ती कवि हितानलाई प्रमुख अतिथि नेप्लिज कम्युनिटी आसफोर्डका अध्यक्ष श्रीप्रसाद लिम्बुले प्रोत्साहनस्वरुप प्रमाणपत्र हस्तान्तरण गरे ।

उनले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार नयाँ समाजको विस्तार बन्ने बताएका थिए । विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा आयोजित कार्यक्रमका सन्चालन पत्रकार रोशन मेवाहाङ्गले गरेका थिए । प्रमुख अतिथि, महासंघका अध्यक्ष र स्रष्टाले संयुक्तरुपले दिप प्रज्वलन गरी औपचारिक उदघाटन भएको कार्यक्रम महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो ।
एकल सिर्जना वाचनको समापनपछि कविहरु क्रिष्टिना घम, दधिबन्धु घर्तिमगर लगायत आधा दर्जन कविहरुले आ-आफ्नो सिर्जना पस्केका थिए ।

साहित्य महासङ्घ युकेले कवि केदार सुनुवार संकेत, कवि विक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । कवि हितानको सिर्जना वाचन तेस्रो श्रृंखला रहेको र प्रस्तुत कविताहरु चाँडै नै अनलाईनमा उपलब्ध हुने महासंघ बेलायतले जानकारी दिएको छ।***
Bijaya_Hitan_2 Bijaya_Hitan_award3 Bijaya_Hitan_Group1 Biswasdip8 Dadhi4 Januka5 Kristina6 Suren7

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया