Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – आगामी चैत्र २७ गतेदेखि अलनेपाल रिलिज हुने भनिएको प्रेमकथामा आधारित नेपाली कथानक चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को रिलिज डेट पछि सारिएको छ ।

अन्य ३ फिल्म ‘हवल्दार सुन्तली’, ‘सेतो बाघ’ र ‘नाई नभन्नु ल ३’सँग भिडन्त गराउन तयार भएका निर्देशक दिनेश डिसीले अहिले एकाएक चलचित्रलाई पछि सरेका छन् । चलचित्र अब वैशाख ११ गते रिलिज हुने डिसीले बताए ।

चलचित्र क्षेत्रमा चलखेल भएपछि आफूले पाउनुपर्ने हल नपाउने कारणले आफुले चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’लाई पछि सारेको खुलाए । तर सो नयाँ रिलिज डेटमा पनि चलचित्र एक्लो भने प्रर्दशन हुने छैन । सोही दिन चलचित्र ‘रेशम फिलिली’सँग भिड्ने छ ।

सो रिलिज डेटबाट पछी हट्दा ‘नाइँ नभन्नु ल ३’लाई ब्यबसायिक रुपमा फाइदा हुने निश्चित छ । यो फिल्मलाई वितरण सुनिल मानन्धरले समेत राजधानीका लागि मात्रै ३५ लाखमा किनेका छन् । यदि समचार मसला नभै वास्तविक रुपमै सो रकममा राजधानीका लागि मान्धरले किनेका हुन् भने ‘नाइँ नभन्नु ल ३’ फाइदामा जाने सुनिश्चित छ । यसो त छविराज ओझा निर्मित ‘हवल्दार सुन्तली’ले पनि राम्रो ब्यापार गर्ने दाबि गर्दैछन् ।

चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेमकथामा आधारित छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया