Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं – हिन्दु शव्दावली भएको गीत गाउन ईन्कार गरेको भन्दै विवादमा तानिएकी गायिका अन्जु पन्तले माफी मागेकी छन् ।

पन्तले फेसबुकमार्फत आफूले कसैको धर्मलाई होच्याउने र घृणा गर्ने काम नगर्ने जनाएकी छन् । उनले एउटा गीतमा ‘दुर्गा माताको आशिरबादले’ भन्ने शब्द जोडिएकोमा हिन्दू धर्म छाडिसकेको भन्दै गाउन अस्वीकार गरेकी थिइन् ।

गीत गाउन नमानेको विषयमा उनको चौतर्फी आलोचना भइरहेका बेला उनले आफूले नेपाली गीत संगीतप्रेमी सबै स्रोता र सबै धर्मावलम्बीलाई श्रद्धा गर्ने उल्लेख गरेकी छन् । उनले आफ़ुबाट जान अञ्जानमा केही भुल भएको भए क्षमा चाहन्छु भनेकी छिन ।

यसैगरी गायिका पन्तले सबै धर्मावलम्बीहरुमा नजिकिदै गरेको आफ्नो चाड सभ्य र सरल किसिमले मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गरेकी छिन् । ***

तपाईको प्रतिक्रिया