Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोरोन्टो – टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फ़ेब्रुअरीका दिन टोरोन्टोमा  आयोजित एक समारोहका बीच नेपाली साहित्यकार डा. मोदनाथ प्रश्रित र नेपालमा महिला सशक्तीकरणका एक प्रेरक, साहित्यकार एअवं संगीतकर्मी कल्पना पौडेललाई टोरोन्टोवासीका तर्फबाट सम्मान गरिएको थियो ।

डा. प्रश्रितले नेपाली साहित्यका विविध विधाका दर्जनौं पुस्तकहरुको सिर्जना गरेर नेपाली साहित्यको ढुकुटी भर्ने काममा पुर्‍याउनुभएको उल्लेखनीय भूमिकाको कदर गर्दै सम्मानसहित अभिनन्दन गरिएको थियो । त्यस्तै कल्पना पौडेलले नेपाली महिलाहरुका लागि प्रेरककारुपमा रहेर नेपालमा पुरुषले मात्र गर्दै आएको र गर्नुपर्ने थोत्रो मान्यताका विरुद्ध उभिएर खेतमा हलो जोत्ने, घरको छानो छाउने, घरघरमा गएर औषधी बेच्नेबाट लिएर पुरुषको अधिनमा मात्र रहेको काममा महिला सहभागिता गराएर समाजमा महिलाको पहिचान स्थापित गराउनमा उनले खेलेको भूमिका तथा नेपाली साहित्यमा महिला उत्थानका दर्जनौं पुस्तक र गीति क्यासेटहरुका माध्यमबाट महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोले उहाँको अतुलनीय योगदानको सम्मान गर्दै अभिनन्दन गरिएको थियो ।

डा. मोदनाथ प्रश्रित प्रमुख अतिथि र कविता पौडेल विशेष अतिथि रहेको कार्यक्रमको सभापतित्व टोरोन्टो साहित्य समाजका अध्यक्ष मुक्ती गौतमले गर्नुभएको थियो । उक्त कार्यक्रमको थालनी एनआरएन क्यानाडाका सचिव वीरेन्द्र लम्सालले स्वागत मन्तव्यबाट भएको थियो भने अन्त्य टोरोन्टो साहित्य समाज तथा एनआरएन क्यानाडाका सदस्य डा. तुलसी धरेलको धन्यवाद ज्ञापनबाट भएको थियो । रमेश थापाको कवितामय शैलीमा संचालित कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष रामहरी खड्काले एनआरएन क्यानडामा रहेका नेपालीहरुको जनगणना गर्ने अभियानमा रहेको जानकारी गराउँदै एनआरएन क्यानडा सबै स्थानीय संस्थाहरुसँग मिलेर काम गर्दै जाने भन्नुभयो । कार्यक्रममा टोरोन्टो साहित्य समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले अभिनन्दित व्यक्तित्वद्वयको जीवनीमाथि प्रकाश पार्नुभएको थियो भने अर्का सल्लाहकार डा. गोबिन्दसिंह रावतले टोरोन्टो साहित्य समाज २००४ देखि निरन्तर साहित्य कर्म गरिरहेको र नेपाली साहित्यका महारथीहरुलाई सम्मानसहित अभिनन्दन गर्दै आएको जानकारी गराउदै अभिनन्दित व्यक्तित्वलाई प्रदान गरिने अभिनन्दन पत्र पढेर सुनाउनुभएको थियो । उहाँले ४० वर्षघि मोदनाथ  प्रश्रितसँगको सम्पर्क र नेपाली नाटकमा अभिनयको थालनी प्रश्रितको पचास रुपियाँको तम्सुकबाट भएको स्मरण सुनाउनुभयो ।

उक्त सम्मान कार्यक्रममा विशाल टोरोन्टोका विभिन्न संस्थाका प्रतिनिधिहरु नेवा: गुठीका सन्त राजभण्डारी, एनसिसिएसका गोपाल घिमिरे, एनसिएचसिका डा. हरी गुरुङ, एनसिएनसिका डिआर रेग्मी, कन्सर्न नेपालका अञ्जनी भट्टराई आदिले अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिनुभएको थियो। कार्यक्रममा एनआरएन क्यानडा, भाषा साहित्य समितिका संयोजक कुसुम ज्ञवालीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा अभिनन्दित कविता पौडेलले नेपालको अवस्था नराम्रो भएको र गतिला नेताहरु नभएकोले नेपालीहरु पलायन हुँदै गएको वास्तविकतामाथि प्रकाश पार्दै यहाँको सीपलाई नेपालमा प्रयोग गर्न सके नेपाल पनि स्वर्ग बनाउन सकिने अभिव्यक्ति दिनुभएको थियो उहाँले आफ्नो साहित्यको सिर्जना दुःख र अभावसँग संघर्ष गर्दाका कारण भएको बताउदै आफुले ९ वर्षको उमेरमा मोदनाथ प्रश्रितसँग विहे गर्नुपरे तापनि धेरै समय एक्लै बसेर महिला अधिकारका लागि संघर्ष गरेको वास्तविकता सुनाउदै नेपालको वर्तमान यथार्थतामाथि प्रकाश पार्ने विषयवस्तुमा आधारित आफ्नो गीत पनि सुनाउनुभएको थियो ।

नेपाली संस्कृति, समाजशास्त्रक, धर्मशास्त्र, इतिहासका मर्मज्ञ तथा परम्परागत संस्कृतिका वैज्ञानिक व्याख्याता र नाटककार डा. प्रश्रितले आफ्नो साहित्य सिर्जनाका बारेमा प्रकाश पार्दै साहित्यको सिर्जना मनोरञ्जनका लागि नभएर सामाजिक विसङ्गतिमाथि प्रकाश पार्नका लागि गरिएको जानकारी दिनुभएको थियो । मनतब्यको क्रममा उहाँले आफ्ना प्रकाशित कृतिहरुको सिर्जनाको वास्तविकतामाथि प्रकाश पार्नुभएको थियो । नेपाल वास्तविक बहुमूल्य खानी हो तर नेपालीहरुको असक्षमताले गर्दा नै नेपाल पछाडि पर्दै गएको भन्दै समय अनुसारको परिवर्तन नेपालमा पनि हुनेका आफु आशावादी रहेका बताउनुभयो । उहाँले धर्मको नाममा समाज बाँडिएकोमा विरोध गर्दै देशमा कहिले उत्थान र कहिले पतनको वातावरण भईनैरहन्छ तर्सथ पर्यावरणले भरिपूर्ण नेपालको उत्थान अवश्य हुने कुरा बताउनुभयो । उहाँले समाजमा देखापरेको कुरालाई साहित्यमा समेटेको भन्दै जातपातको विरोधमा मानव महाकाव्य जन्मेको र त्यसरीनै अरु कृतिहरु पनि लेखिदै गएको बताउनुभयो । साहित्यलाई आफुले मनोरञ्जनको लागि नभएर समाज परिवर्तनका लागि प्रयोग गरेको भन्दै साहित्य आफ्नो भावना प्रधान र विचार प्रधान नभएर विज्ञान प्रधान हुनुपर्ने र साहित्यको उदेश्य भनेको मानिसलाई सही बाटो देखाउनु हुनुपर्छ भन्नुभयो ।

उक्त कार्यक्रममा विगत १९ वर्षखि प्रकाशित हुँदै आएको दियालो पत्रिकाको नयाँ अंकको विमोचन संयुक्त रुपमा अभिनन्दित व्यक्तित्वहरुबाट भएको थियो । गोपीकृष्ण काफ्लेको सम्पादनमा प्रकाशित एवम् एनसीएनसीको प्रकाशनमा प्रकाशित दियालोको प्रकाशनका बारे एनसीएनसीका अध्यक्ष बालचन्द्र श्रेष्ठले जानकारी गराउदै यसको निरन्तरताका लागि सबै संस्थाहरु अगाडि आउनुपर्ने अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति मुक्ती गौतम टोरोन्टो साहित्य समाजले एनआरएन क्यानाडासँग मिलेर साहित्य कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि दुइ संस्थाको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रमलाई व्यापकता दिने जानकारी गराउनुभयो । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया