Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
sambidhan savaकाठमाडौं- संविधानसभा दोस्रो निर्वाचनले नयाँ प्रतिनिधि चयन गरेसँगै व्यवस्थापिका संसद् सचिवालय बैठक तयारी, भौतिक संरचना मर्मत, संसदीय दलका कार्यालय र सवारी साधन व्यवस्थापनमा व्यस्त भएको छ । निर्वाचन आयोगले मंगलबार ३० दललाई समानुपातिकबाट पाउने सभासदको सूची बुझाइसकेको छ भने गत साता प्रत्यक्षतर्फका २४० जना सभासदको टुंगो लागिसकेको छ ।
‘संविधानसभा बैठकका लागि आवश्यक सबै पूर्वाधार तयार गर्न व्यस्त छौं,’ व्यवस्थापिका संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले मंगलबार कान्तिपुरसित भने, ‘नयाँ सदस्यहरू भित्र्याउन संविधानसभा भवनलाई रङरोगन गरिरहेका छौं ।’ बिग्रे, भत्केका भवन र सवारी साधन मर्मत तथा दलका संसदीय कार्यालयको व्यवस्थापनको काम केही सातामा सकिने महासचिव भट्टराईले बताए । अबको करिब तीन सातापछि संविधानसभाको पहिलो बैठक बस्न सक्ने भएकाले सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।
दोस्रो संविधानसभा निर्वाचनबाट दलको हैसियत पनि फेरिएकाले संसद् सचिवालयले दलहरूलाई त्यही अनुसारका कार्यालय व्यवस्थापन गर्दैछ । सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार ठूलो दल बनेको कांग्रेसलाई पुरानै ठाउँमा केही संरचना थपेर फराकिलो बनाइनेछ । ‘सभासदको संख्या बढेकाले संरचना बदलेर कुर्सी थपिनेछ,’ शर्माले कान्तिपुरसित भने, ‘नयाँ भवन बनाउन सक्ने अवस्था छैन ।’ २०४८ देखि नै कांग्रेस संसदीय दलको कार्यालय एउटै ठाउँमा छ ।
दोस्रो दल बनेको एमालेको संसदीय दलको कार्यालय संरचना र क्षमताका हिसाबले ठूलो र व्यवस्थित हो । शर्माका अनुसार यो पटक उसका केही संरचना बाँडफाँड गरिनेछ । एमाले संसदीय कार्यालयका केही भवन अरू कुनै दललाई दिइनेछ । अघिल्लो संविधानसभामा ठूलो दल रहेको एमाओवादीको संसदीय दलको कार्यालय पहिलेकै ठाउँमा रहे पनि उसका संरचना फेरबदल हुनेछ । अघिल्लो संविधानसभामा २ सय ३७ रहेका एमाओवादी सभासद अहिले ८० मात्रै छन् । त्यसैले बाँकी कुर्सी अरू कुनै दलका कार्यालयलाई बाँडिनेछ ।
महासचिव भट्टराईका अनुसार यस निर्वाचनबाट धेरै सभासद पाएको राप्रपा नेपाल, राप्रपालगायतलाई नयाँ ठाउँमा व्यवस्थापन गरिनेछ । अरूलाई भने अघिल्लो पटककै स्थान दिइने सचिवालयको तयारी छ । अघिल्लो संविधानसभामा २५ रहेका दलको संख्या अहिले ३० पुगेको छ ।
संविधानसभा बैठक बस्ने बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बाहिरी र भित्रीकक्ष सफाइको काम पनि तीव्र रूपमा अघि बढेको भट्टराईले बताए । उनका अनुसार बैठक कक्षमा साउन्ड सिस्टम र माइक्रोफोन उच्च गुणस्तरका जडान गरिनेछ । अहिले भएको साउन्ड सिस्टम, माइक्रोफोन र रेकर्डिङ सिस्टम १८/२० वर्ष पुराना हुँदा गुणस्तर खस्किनुका साथै पटक-पटक बिगि्रने समस्या भएकाले प्राविधिकको सल्लाहअनुसार नयाँ जडान गर्न लागिएको भट्टराईले जनाए ।
उनका अनुसार बैठक कक्षमा ८० सेट नयाँ माइक्रोफोन जडान गरिनेछ । ‘करिब ४० लाख रुपैयाँका नयाँ माइक्रोफोन सिंगापुरबाट झिकाइएको छ,’ भट्टराईले भने, ‘केही साताभित्र सबै काम पूरा हुनेछ ।’ संविधानसभा/संसद् बैठक गतिविधि रेकर्ड गर्नसमेत नयाँ र उच्चस्तरीय प्रविधिको प्रयोग गर्ने सचिवालयको तयारी छ ।
प्रवक्ता शर्माका अनुसार ६०१ जना सभासदका लागि संसदो ‘लोगो’ बनाउन ‘अर्डर’ दिइसकिएको छ । संसदा समितिका कार्यालयका संरचना सरसफाइ गर्ने र बिग्रे भत्केको मर्मत गर्ने काम पनि अघि बढेको छ । संविधानसभा भवनभित्रको क्यान्टिनलाई व्यवस्थित गरेर पुरानै स्थानमा राखिनेछ ।
प्रवेशद्वार र समग्र सुरक्षालाई चुस्त पार्नेबारे सुरक्षा निकायसँग छलफल गर्ने सचिवालयको तयारी छ । यस पटक दलहरूसँग परामर्श गरी सभासदलाई संसदीय मर्यादा र संसदा ऐन/कानुनबारे प्रशिक्षित गरिने शर्माले बताए ।
यस्तै सचिवालयले यस पटक सभासदको पारिश्रमिक बैंकखातामा जम्मा गरिदिने भएको छ । सचिवालयका एक अधिकारीले सभासदलाई अनिवार्य बंैक खाता खोल्न लगाइने र सोही खातामा सभासदले पाउने पारिश्रमिक जम्मा गरिदिने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया