Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

Anuj thapaअराजक र उश्रृंखल राजनीति गर्ने केटा होइन
अब राष्ट्रलाइ हाक्न सक्ने सक्षम नेता चाहिएको छ,
इटालियन जुत्ता र ब्रिटेनको टाई लगाउने त प्रशस्त पाइएको छ
अब पाल्पाली ढाकालाइ विश्वमा चिनाउने नेतृत्व चाहिएको छ ।

कोही आए नेपाललाई सिंगापुर बनाउने
कोही आए नेपाललाई स्विजरल्याण्ड बनाउने ,
कोही आए राजा सहितको प्रजातन्त्र भन्दै
कोही आए जातीयताको नाममा प्रान्त गन्दै ।

पर्दैन नेपाललाई केही बनाउन
नेपाल नेपालकै रुपमा ठिक्क छ ,
अतिनै हुनलाग्यो नेताजीहरुको नाटक
जनताको मन बिबश र दिक्क छ ।

बुद्धको भूमि लुम्बिनी भएको मेरो देश
विश्वमा शान्ति क्षेत्रको प्रस्ताब लिएर गएको मेरो देश ,
पारिजात र महाकवि देवकोटा जन्मेको मेरो देश
राष्ट्रलाइ चिनाऊन भृकुटी जन्मेको मेरो देश ।

के छैन देशमा ?
के छैन देशमा ? अरुण उपत्यका देखि सिमसार क्षेत्र
पूर्वमा चिया बगान उत्तरमा हिमाल यत्र-तेत्र
विदेशीले र्याल काढ्दै बढाउदै छन् आफ्नो क्षेत्र
बेला छँदै खोल्नुस नेताजी नेपाल हेर्ने दुरदर्शी नेत्र ।

नेपाल स्वर्ग भूमि हो, नेपाली जनता देवता हुन्
शान्ति र संबिधान खोजेका हुन्, अरुकेही मागेका छैनन् ,
आफ्नो स्वार्थ पूर्तिको लागि देशलाई रणभूमि बनाऊदा नि
जिम्मेवार नागरिक बनेका छन्, देश छाडेर भागेका छैनन् ।

धाक धम्की, लुट-पाट, गोला बारुद गर्दा पनि
निर्दोष आफ्ना सन्तानहरु दिन दहाडै मर्दा पनि ,
आफ्नो कर्तब्य निभाएका छन्, चुनाबमा भोट हालेका छन्
देश अस्ताउन लागेको बेला आशाको दियो बालेका छन् ।

त्यसैले ,
यो सुन्दर देशलाई शान्त बनाउने ,
जनताको बिश्वासलाइ अस्त्र बनाउने ,
सबै अट्ने लोकतान्त्रिक संबिधान निर्माण गर्ने
उश्रृंखल, अराजक र पाखुरे केटा होइन
राष्ट्रलाइ समृद्दी तर्फ हिडाउन सक्ने
दृढ एउटा नेता चाहिएको छ , एउटा नेता चाहिएको छ ।

तपाईको प्रतिक्रिया