Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025
दाङ – युवा गजलकार सुरेशसुमन डाँगीको बर्तमान गजबको’ गलजसँग्रहको शुक्रवार घोराहीमा एक कार्यक्रमका बिच समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा डाँगीको गजलसँग्रह बर्तमान गजबको समिक्षा गरिएको हो ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा प्रगतिशिल लेखक संघ नेपालका केन्द्रिय अध्यक्ष अमर गिरीको प्रमुख आतिथ्यमा भएको समिक्षा कार्यक्रममा समिक्षकहरुले समकालिन सन्दर्भहरु समेटिएर लेखिएको डाँगीका गजलसँग्रहमा वर्तमान समय र परिवेशका विम्ब र प्रतिबिम्बहरुलाई उतारेको बताएका थिए । त्यस अवसरमा गलजसँग्रहको समिक्षा गर्दै पत्रकार तथा गलजकार सुदिप गौतमले युद्धको पीडा र त्यसबाट उत्पन्न विकृतिले पारेको प्रभाव प्रष्ट देख्न सकिने बताउनुभयो । आफुले बाँचेको युगको धरातलीय यथार्थतालाई सुन्दर विम्वहरुको प्रयोग गर्दै डाँगीले आफ्ना रचनाहरु पाठकको सामु जस्ताको तस्तै पस्कने काम गरेको गौतमले बताउनुभयो । डाँगीको सँरचनात्मक पक्षमा केही कमजोरीहरु भएपनि गजलमा हुनैपर्ने न्यूनतम् घटकहरु रदिफ र काफीया मतलाका मिसरा ए सानि तथा मिसरा ए उला तर्फ पर्याप्त ध्यान दिएको गौतमले बताउनुभयो । गजलकार डाँगीका केही गजलहरुमा सँरचनात्मक निखारमात्र होइन भाव गाम्भिर्यका दृष्टिकोणले पनि निखार आउन बाँकी रहेको भन्दै उहाँले भावात्मक दृष्टिकोणले डाँगीका गजल निकै मर्मस्पर्शी भएको बताउनुभयो ।
वर्तमान परिवेशमा बिग्रिएको राजनीति र पथभ्रष्ट नेताहरु, वर्गीय विभेद र वर्गीय चिन्तन, युवाको राष्ट्रप्रतिको जिम्मेवारी, युवा सुलभ प्रेम लगायतका भावहरु समेटिएको गजल प्रकाशनमा ल्याएर डाँगी साहित्य क्षेत्रका एक शसक्त श्रष्टाको रुपमा स्थापित भएको समिक्षक गौतमले बताउनुभयो । त्यसैगरी अर्का समिक्षक साहित्यकार तथा पत्रकार बसन्तविवश आचार्यले देशमा ब्याप्त अस्थिरता, अन्यौलताका छ्रि्रहरुलाई डाँगीले गलजका शेरहरुमार्फत चियाउने जमर्को गरेको बताउनुभयो । समिक्षक आचार्यले पहिले प्रेमिकासँग गफ गर्ने गजलकारले अहिले माटोसँग गफ गर्न थालेको बताउनुभयो । डाँगीका गजलहरुले नेपाली जनताका आवाजलाई मुखरित गरेको भन्दै र’बर्तमान गजबको’ गजलसँग्रहले समाजका हरेक विषयवस्तुलाई सम्बोधन गरेको बताउनुभयो । यस्तै अर्का समिक्षक साहित्यकार तथा पत्रकार आदिम केसीले डाँगीका गजलहरु वर्तमान परिवेश, राजनीतिक अवस्था, जीवन, प्रेम सबै विषयवस्तुहरुका भावहरु पाईने बताउनुभयो ।
त्यस अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष तथा परषद्का सल्लाहकार अमर गिरीले लेखको जीवन नै संघर्षशील जीवन भएको बताउँदै डाँगीका युवा पिँढिको शसक्त प्रतिभा भएको बताउँनुभयो । डाँगी राम्रो र शसक्त प्रतिभा भएको बताउँदै उहाँले एउटा लेखकले आफु के हो र आफ्नो रचना के हो भनेर मुल्याँकन गर्नुपर्ने बताउनुभयो । ‘हामीले सबैभन्दा महत्वपूर्ण कुरा आफु र आफ्नो रचनालाई मुल्याँकन गर्नुपर्ने हो तर हामीकहाँ त्यस्तो छैन-गिरीले भन्नुभयो, अर्को कुरा हामीमा संकिर्ण आग्रह, पूर्वाग्रह बढ्ता छ । अन्यत्र यस्तो हूँदैन । अस्वाभाविक संकिर्ण छ, यसबाट हामी मुक्त हुनैपर्छ ।’ राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टिकाराम उदासीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै गजलकार सुरेशसुमन डाँगीले धेरै प्रकाशनगृहबाट फिर्ता भएर अन्त्यमा बिएन प्रकाशनले प्रकाशन गरेको आफ्नो गजलसँग्रह  ‘बर्तमान गजबको’ को बजारमा ल्याएको बताउँदै हिजोका दिनहरुबाट अहिलेको अवस्थामा आईपुग्दा धेरै संघर्षशील जीवन ब्यतित गर्नुपरेको बताउँनुभयो । ‘म सडकबाट माथि आएको ब्यक्ति हो । त्यसकारण हिजोका ति दिनहरुबाट पछ्याउँदै अगाडी बढीरहेको छु’- डाँगीले भन्नुभयो, ’हिजोका ति दिनहरु छैनन् भने आजका यि दिनहरु पनि छैनन् ।’ कार्यक्रमको सहजीकरण टिका बस्नेतले गर्नुभएको थियो ।  ***
IMG_1572IMG_1564 IMG_1560

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया