Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
398375Mohan-Baidya_kiranपत्र बुझ्न अस्वीकार
काठमाडौं- नेकपा–माओवादीले बन्द फिर्ता लिन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश मान्न  अस्वीकार गरेको छ ।
सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको पत्र लिएर शुक्रबार पार्टी कार्यालय बुद्धनगर पुगेका कर्मचारीहरुलाई माओवादी प्रवक्ता पम्फा भूषालले पत्र नबुझ्ने जवाफ दिइन् ।
पत्र नबुझ्ने माओवादी अडानपछि सर्वोच्चका कर्मचारीहरु पत्र कार्यालयमै छाडेर फर्किएका छन् ।
विहीबार सर्वोच्च अदालतले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचनलाई विथोल्न जारी राखेको बन्द तत्काल फिर्ता लिन भन्दै बिहिबार आन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले उल्टै जनताको अधिकार कुण्ठित गरयो : वैद्य
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले अदालतले पूर्वाग्रही ढंगले अन्तरिम आदेश जारी गरेको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष वैद्यले सर्वोच्चले दिएको आदेशले निर्वाचन बहिस्कार गर्न पाउने जनताको अधिकार कुण्ठित गरेको बताए ।
‘यो चार दलीय अदालत हो । यो अदालतलाई मान्ने कुरै आउँदैन’ वैद्यले भने ‘अदालत आफ्नो ढंगले जाओस्, हामी हाम्रो ढंगले जान्छौं ।’
कार्यपालिका र न्यायपालिकामा एउटै व्यक्ति भएपछि अदालत स्वतन्त्र र निष्पक्ष नभएको भन्दै माओवादी वैद्यले स्वतन्त्र भएको भए सहमतिको लागि पहल गर्न सर्वोच्चले आदेश दिनुपर्ने उल्लेख गरे । ***
तपाईको प्रतिक्रिया