Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Sher_Bahadur_Deubaधनगढी- संविधानसभाको निर्वाचनमा गृहजिल्ला डडेल्धुरासंगै कैलाली क्षेत्र नं. ६ बाट पनि चुनावी प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो पटक कैलाली क्षेत्र नं. ६ मा अहिले चुनावी अभियानमा छन् ।

गृहजिल्ला भन्दा बढी समय चुनावी प्रचारका लागि कैलालीको क्षेत्रमा रहनुले देउवाले क्षेत्र नं. ६ लाई बढी महत्व दिएको देखिन्छ । कैलाली क्षेत्र नं. ६ राजनीतिक रुपमा सुदूरपश्चिमकै महत्वपूर्ण क्षेत्र मानिनु र बलियो प्रतिस्पर्धीका कारण पनि देउवाले यस क्षेत्रलाई बढी प्राथमिकता दिएको कतिपय बताउँछन् ।

कैलालीमा उनलाई एमाले र माओवादी उम्मेदवारको कडा चुनौतीको सामाना गर्नुपरिरहेको छ । केही ठाउँको विकासमामात्रै ध्यान दिएको भन्दै लामो समयदेखि एकछत्र चुनाव जित्दै आएको गृहजिल्लामा समेत विपक्षीले चुनौती दिइरहेका बेला कैलालीमा पनि उनलाई लगाइएको महाकाली मोहको आरोप चुनौतीको विषय बनेको छ ।

माओवादी र एमालेका उम्मेदवाहरुले देउवाले कैलालीमा स्थापना हुन लागेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कञ्चनपुर सारेको, डडेल्धुरा र कैलालीबाट चुनाव जिते यहाँबाट छोड्ने र फेरि उपनिर्वाचन गराउनुपर्ने, छोडेको क्षेत्र भएकाले यहाँको विकासमा ध्यान नदिने भन्दै मतदातादासंग आफ्नो पक्षमा मत मागिरहेका छन् । यद्यपि देउवाले महाकालीलाई मात्र प्राथमिकता दिने गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् ।

lokendra bahadur chandकैलालीमा काँग्रेसकै कतिपय नेता कार्यकर्ताले खुलेर सहयोग नगर्नुले पनि देउवलाई चुनाव जित्न चुनौती छ । टिकट वितरणका क्रममा सुदूरपश्चिममा पार्टीको एउटा पक्षलाई पुरै उपेक्षा गर्नुले कतिपय काँग्रेसीहरुको देउवाप्रति असन्तुष्टि छ ।

कैलालीमा एमाओवादी उम्मेदवार लिला भण्डारी पनि मुख्य प्रतिस्पर्धी भएपनि एमाले उम्मेदवार महेश्वर पाठकले देउवालाई कडा चुनौती दिने राजनीतिक वृत्तमा चर्चा छ । कडा चुनौतीको सामना गर्नुपर्ने भएकाले आफ्नै क्षेत्रमा केन्द्रीत हुँदा देउवाले अन्य क्षेत्रको चुनावी प्रचारमा खासै सहभागिता जनाउन सकेका छैनन् ।

बैतडीको दुई वटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द झण्डै एक महिनादेखि जिल्लामा छन् । काठमाडौं बस्दै आएका चन्दको दल जिल्लामा सांगठनिक रुपमा कमजोर हुनुले जिल्लामै केन्द्रीत रहेका उनी जिल्ला बाहिर पार्टीका अन्य चुनावी सभामा गएका छैनन् ।

बैतडीमा एमाओवादी, काँग्रेस र एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ । यस पटकको चुनावी प्रतिस्पर्धा अन्तिम भएको र अब आफू उम्मेदवार नबन्ने भनेर मत मागिरहेका चार पटक देशको प्रधानमन्त्री भइसकेका चन्द आफू प्रधानमन्त्री हुँदा जिल्लाको विकासमा ध्यान दिएको आफूले जित्ने बताउँने गरेका छन् । यद्यपि जिल्लामा माओवादी, एमाले र काँगेसको बलियो उपस्थिति रहेकाले उनलाई चुनाव जित्न सहज छैन ।

सुदूरपश्चिमको विकासमा खासै ध्यान दिन नसकेको, जातीयता, क्षेत्रीयता अंगाल्ने गरेको जनगुनासो, संघीयताको मुद्धामा नेताहरुले दिएका अभिव्यक्ति, कतिपयलाई आफ्नै पक्षको पूर्ण सहयोग नहुनु आदि कारणले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने शीर्ष नेताहरुलाई आफ्नो चुनाव जित्न चुनौती छ । पार्टीको धारणा विपरित अखण्ड सुदूरपश्चिम हुनुपर्छ भनेर आवाज उठाउँदै आएका माओवादी नेता लेखराज भट्ट र काँग्रेस उम्मेदवार दिर्घराज भाटले कडा चुनौती दिदैछन् ।

माओवादीको आधिकारिक धारणा थारुवान भए पनि थारु मतदाता ढुक्क हुन सकेका छैनन् । अघिल्लो चुनावमा काँग्रेसका भाटलाई नै करिब ४ हजार ३ सय मत अन्तरले पराजित गरेका भट्टको यस पटकको मुख्य प्रतिस्पर्धी पनि काँग्रेस उम्मेदवार भाट नै रहेका छन् ।

Bhim-Rawalपटकपटक मन्त्री हुँदा आफ्नो क्षेत्रको विकास गर्न नसकेको र पार्टीको धारणा विपरीत झुक्याउनका लागि मात्रै अखण्डको आवाज उठाउने गरेको आरोप प्रतिस्पर्धीको छ । भट्टले भने आफू मन्त्री हुँदा नै गेटामा मेडिकल कलेज स्थापना गर्नुका साथै दोधारा चाँदीमा सुख्खा बन्दरगाह निर्माणको अवधारणा र श्रीपुरमा विशेष आर्थिक क्षेत्र स्थापना लगायतका योजनाहरु ल्याएपनि काँग्रेस, एमालेहरुले कार्यान्वयन गर्न नदिएको भन्दै आरोपको प्रतिपाद गर्दै आएका छन् ।

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने एमाले नेता भीम रावललाई अछाम क्षेत्र नं. १ मा एमाओवादीका दिपक साउद र काँग्रेसका मेघराज खड्काले चुनौती दिइरहेका छन् । अहिलेसम्म माओवादी र एमाले भन्दा काँग्रेसको अवस्था राम्रो देखिएको कतिपयको भनाई छ । करिब ५७ हजार मतदाता रहेको क्षेत्र नं. १ मा काँग्रेस र एमालेबीच नै तीव्र प्रतिस्पर्धा देखिएको अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट बताउछन् । ‘दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी प्रतिस्पर्धामा भएपनि केही फुटको असर देखिएको छ’ -उनले भने ।

तत्कालिन जिल्ला अध्यक्ष रामप्रसाद तिमिल्सिना र अघिल्लो संविधानसभामा विजयी उम्मेदवार शरतसिंह भण्डारी नेकपा-माओवादीमा लागेका छन् । अघिल्लो चुनावमा काँग्रेस नेता देउवाले जितेको कञ्चनपुर क्षेत्र नं. ४ मा काँग्रेस नेता रमेश लेखक र एमालेका उर्वादत्त पन्तलाई एमाओवादीका मोहन गिरीले चुनौती दिदैछन् ।

यस पटकको चुनावमा सुदूरपश्चिमका ठूला नेताहरुले अघिल्लो चुनावको भन्दा बढी मेहनत गरिरहेका राजनीति शास्त्रका प्राध्यापक एवं कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्द बताउँछन् ।

‘विगतमाजस्तो केही क्षेत्रमा आमसभा गरेर मत दिने अवस्था छैन । अहिले जनता जागरुक भइसकेका छन् । पार्टी र नेताका गतिविधि तथा यस क्षेत्रका लागि कसले के गर्‍यो भनेर मतदाता हेर्दैछन ।’ चन्दले भने-‘त्यसैले नेताहरुले पनि विगतका चुनावमा भन्दा यसपालि बढी मेहनत गरिरहेका छन् ।’ ***

 

 

तपाईको प्रतिक्रिया