Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

babu-rokaफर्की आउ प्रदेशी तिमी ! तिमी बिना यो गाउँघर शुन्य भएको छ
यि झरना, खोला, पाखा-पहराले तिमीलाई नै खोजिरहेको छ ।
तिमी छिट्टै फर्की आउ………….

तिमी बिना यो धर्तीको उर्जर भूमि र माटो बाँझिएको छ
रानीवनका ति मयुर अनि कोइली चरीले तिमीलाई नै खोजिरहेको छ ।
गाउँमा मर्दा पर्दा पनि कोही छैनन् ! यहाँ तिम्रो अभाव छ
तिमी यहाँ नभएको फाईदा उठाउने छिमेकीको दवाब छ ।
तिमी छिट्टै फर्की आउ………….

तिमीलाई थाहा नै छ मेला पर्वमा बज्ने बाँसुरी मादल अनि देउसी भैलो
न बस भो अब प्रदेशमा जति भरेपनि भरिदैन कहिल्यै लोभि मनको थैलो ।
तिमी यहाँ हुँदा रमाउने ति हरियाली पाखापखेरा पनि उजाड भएका छन्
गाउँमा भएका साने र ठूले पनि थैलो भर्न जान्छु भनी प्रदेश पसेका छन् ।
तिमी छिट्टै फर्की आउ………….

छिट्टै फर्की आउ प्रदेशी तिमी जानु परेको छैन अब त्यहाँ
तिमी साँच्चै नै महान छौ भने हिरामोती फलाउन सक्छौ यहाँ ।
तिमी छिट्टै फर्की आउ । तिमी छिट्टै फर्की आउ ।।

-असुरकोट-९, जोगिटारी, अर्घाखाँची (हालः नयाँ दिल्ली)

तपाईको प्रतिक्रिया