Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

Prachandaकाठमाडौ- एमाओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं १० सहज नहुने देखिएको छ । गत संविधानसभा निर्वाचनमा विजयी भएपछि अध्यक्ष दाहालले यस क्षेत्रको विकासमा खासै चासो नदिएको स्थानीयवासीको आरोप छ ।

छमैले गाविसका वासिन्दा पेम्बा तामाङले भने, ‘भोट दिएपछि प्रचण्डले मतलवै गरेनन्, जित्लान् तर सजिलो छैन ।’ करीव ६५ प्रतिशत तामाङ जातिको बाहुल्य रहेको छमैले गाविसबाट पहिलो संविधानसभा निर्वाचनमा एमाओवादीको पक्षमा बहुमत खसेको उनले बताए । ‘ठूलो नेता भनेर हामी सबैले भोट दियौं, खासै विकास गरेनन्,’ उनले भने ।

कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले स्थानीय उम्मेदवारलाई भोट दिंदा क्षेत्रको विकास र जनताका मुद्दा सम्बोधन हुने दावी गरे । एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले पनि स्थानीयवासीको मुद्दालाई नै अघि सारेका छन् ।

गत संविधानसभा निर्वाचनमा अध्यक्ष दाहालले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार केसीलाई आधा मतको अन्तरले पराजित गरेका थिए । उनले २३ हजार २ सय ७७, केसीले १२ हजार १ सय ५४ र एमालेका सानुकुमार श्रेष्ठले ८ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए । १२ गाविस र एउटा नगरपालिका रहेको यस क्षेत्रमा ५३ हजार २५ सय ७८ मतदाता छन् । सबै उम्मेदवारले सहरभन्दा गाउँमा प्रचार अभियान तीव्र पारेका छन् । सबै दलले भोट तान्न विकासलाई नै प्रमुख एजेण्डा बनाएका छन् ।

यसअघि वाणभज्याङ, सतुंगल, थानकोट, महादेवस्थान, मातातीर्थ, मच्छेगाउँ, छमैले, दक्षिणकाली, शेषनारायण, टल्कुडुडेचौर, सेतीदेवी, चल्नाखेल गाविसबाट समेत अध्यक्ष दाहालले बहुमत पाएका थिए । चुनावी अभियान सुरु भएपछि दाहाल तीन पटकभन्दा बढी आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । उनले घरदैलो अभियानमा कांग्रेस, एमालेले काम गर्न नदिएको आरोप लगाएका छन् । पुनः भोट दिएर एमाओवादीलाई एक नम्वर पार्टी बनाउन उनले जनतासँग आग्रह गरेका छन् । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया