Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

ram-bhakta-raiसमयको बेग सँगसँगै आजभोलि भन्दाभन्दै नेपालीहरुको महान चाड दशैंको रौनकताभित्र सारा नेपाली अनी सिङ्गो नेपाल एकै साथ प्रबेश गरिसकेको छ । दशैं नेपालीहरुको बिभिन्न चाडहरुमध्ये एक हो । यस पर्बको ईतिहासको बारेमा कुरा गर्न चाहन्न म तर यो पर्ब बिबिध कारणबस घरबाट टाढा बस्ने परिवारका सदस्यहरु, आफन्तजन इस्टमित्रहरुको जमघट गराउने एक वृहत अनि बलियो साँघु हो । यसले देशविदेशका बिभिन्न कुना काप्चामा छारिएर रहेका आफ्नाहरुलाई आफ्नोपनको महसुस गराइ भोलिको शुभ दिनको लागि एक मार्ग निर्देशन दिने काम गर्दछ । यसले बर्षभरी गरेका दु:खका क्षणहरुलाई भुलाई खुशीको रङ्गमन्चमा सम्पूर्ण नेपालीहरुलाई रमाउने बातावरणको सृजना गर्दछ । यसलाई सही तवरले मनाउन सकेमा यो अति नै बलियो अस्त्र बन्ने छ आफन्तजन, परिवार र सम्पूर्ण नेपालीलाई एउटै सुन्दर फुलको मालामा उनेर  राख्नलाई । तर यहाँ आज यो पर्ब आफ्नो र आफन्तजनको भेटघाट, दुःख-सुखको साटफेर भन्दा पनि देखासिकी र तडकभडकतिर धकिलिएको पाउन थालिएको छ तसर्थ म यो अनुरोध गर्दछु दशैं,  दशैं नै भएर जाओस कसैको दशा नबनोस ।

आज हामीहरु आफ्नो नभए पनि  ऋण  धन नै गरेर भए पनि दशैं भब्यताका साथ मनाउन पछि पर्दैनौ, छरछिमेकी अनि नातगोताको अगाडि आफ्नो इज्जत धान्ने नाममा । तर हामीले यो बुझ्नु जरुरी छ कि यो पर्बमा लिएको ऋणले भोलि काहाँसम्म पुर्याउन सक्छ परिवारलाई । त्यो ऋणले कसैको घरबारी त कसैको मलिलो खेत नै उड्न सक्छ तसर्थ दशैं मनाउँदा आफुले जति धान्न सक्छ त्यति नै मनाऔ, ताकी भोलि कसैको निम्ति यो दशैं नशा नबनोस । घर खेत बाँकी रहे अनि सकुसल भए दशैं फेरी पनि आउछ । अर्को दशैंमा आफ्नो आर्थिक स्थिति सुधारेर राम्रो दशैं मनाउन सकिन्छ तर यो दशैंले नै घर खेत लगिदियो भने बिचल्लिमा पारी दियो भने  जीवनभर दशैं मनाउन नपाउन सकिन्छ, मनाएपनि दुःख र दर्दको पर्खालभित्र कुजिएर मनाउनु पर्ने हुन्छ तसर्थ दशैं मनाउँदा आफ्नो वास्तबिक धरातलभित्र उभिएर अनि आजको यो संसारको आर्थिक मन्दिलाई मध्य नजर गरेर दशैं मनाऔ। दशैंमा महङ्गा महङगा गर-गहना, लत्ता कपडा लगाएर मात्र राम्रो हुने होइन । दशैं, यो पर्ब राम्रो हुनलाई त राम्रो मनाउनलाई त एक आपसमा माया सद्भाबको कोशेली साटनु पर्ने हुन्छ । तसर्थ तडक भडक भन्दा पनि आत्मियता साटेर मनाऔ यो दशैं जसले दशा हैन सबैको परिवारमा खुशीको बहाब छाइदियोस दशैं पस्चात पनि ।

आज हाम्रो देश नेपाल सङ्क्रमणकालीन अवस्थामा गुज्रेको पनि धेरै बर्ष बितिसकेको छ । यो दशैं सँगसँगै त्यो सङ्क्रमणकालबाट मुक्ति पाओस हाम्रो देशले यही संकल्प गरौ हामी नेपाली साराले । अन्त्यमा  दुर्गा भवानी माताले सदबुद्दी दिउन हाम्रा नेताहरुलाई देशलाई सहीबाटोमा डोर्याउनलाई अनि सबै नेपालीको घर दैलोमा सुख-शान्ति-समृद्दी फूल छरिदिउन ।
शुभ दशैं

तपाईको प्रतिक्रिया