काठमाडौ- मधेसी सबैजसो दल सोमबार प्रत्यक्ष उम्मेदवार छान्न व्यस्त रहे । केहीले उम्मेदवार चयनको टुंगो लगाइसके पनि केहीले भने मंगलबारसम्म सक्ने बताएका छन् ।
मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना, तमलोपा, तराई मधेस सद्भावना पार्टी (तमसपा) र राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले धेरैजसो निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् । केही क्षेत्रमा विवाद रहेकाले सार्वजनिक भने गरेका छैनन् ।
सबैजसो मधेसी पार्टीका शीर्ष नेताहरू मधेसकै निर्वाचन क्षेत्रबाट उठ्ने निश्चित भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार यो निर्वाचनमा पनि दुईवटा निर्वाचन क्षेत्रबाट लड्दैछन् । यादव सुनसरी-५ र सप्तरी-२ तथा गच्छदार सुनसरी-५ र मोरङ-७ बाट चुनाव लड्नेछन् ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर भने प्रत्यक्षमा नलड्ने भएका छन् । तमसपा अध्यक्ष महेन्द्रप्रसाद यादव सर्लाही-४, सद्भावना अध्यक्ष राजेन्द्र महतो सर्लाही-४ र रामसपा अध्यक्ष शरतसिंह भण्डारी महोत्तरी-६ बाट लड्नेछन् ।
यस्तै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सिरहा-६, संघीय सद्भावना अध्यक्ष अनिल झा रौतहट-१ बाट लड्दैछन् । रामसपाले करिब एक सय, फोरम नेपालले एक सय ४०, फोरम लोकतान्त्रिकले करिब दुई सय, सद्भावनाले दुई सय बढी र तमसपाले करिब एक सय निर्वाचन क्षेत्रबाट उम्मेदवार खडा गर्दैछ । फोरम नेपाल, फोरम लोकतान्त्रिक र सद्भावना सोमबार दिनभरि उम्मेदवार तय गर्न व्यस्त रहे । तमलोपाले मंगलबार उम्मेदवार सार्वजनिक गर्ने बताएको छ ।
फोरम नेपाल
सप्तरी
२ उपेन्द्र यादव
४ रेणु यादव
मोरङ
५ उपेन्द्र यादव
सुनसरी
३ उपेन्द्र यादव
सिरहा
५ डा.वीरेन्द्र महतो
पर्सा
१ करिमा बेगम
रौतहट
१ बबन सिंह
कपिलवस्तु
१ दुर्गावती चमार
२ सहसराम यादव
३ केदारबहादुर चौधरी
४ गौरवप्रताप शाह
५ अभिषेकप्रताप शाह
रुपन्देही
१ विद्यापति यादव
२ महेन्द्र यादव
३ लालमन साह तेली
४ अशोक बर्मा
५ रामअवतार यादव
६ वसिउद्दिन खान
७ फकरुद्दिन खाँ
नवलपरासी
३ मुन्नालाल
४ अमरजित तेली
५ धनेन्द्र यादव
६ नरेन्द्र गिरी
दाङ
१ अशोक यादव
२ शिवशंकर गुप्ता
३ छवि रावत
४ यज्ञविक्रम गिरी
५ लिलाबहादुर गिरी
बाँके
२ मोहम्मद इस्तियाक राई
फोरम (लोकतान्त्रिक)
सुनसरी
३ विजय गच्छदार
सर्लाही
५ रामेश्वरराय यादव
सप्तरी
३ जितेन्द्र देव
रौतहट
२ मुस्ताक राजा
५ गोविन्द चौधरी
कपिलवस्तु
२ दानबहादुर कुर्मी चौधरी
७ मुहम्मद वकिल मुसलमान
कैलाली
२ रमजनम चौधरी
डोल्पा
वीरबहादुर रोकाया
कालिकोट
शिवलाल रोकाया
जुम्ला
खड्गबहादुर शाही
मुगु
नन्दप्रसाद आचार्य
जाजरकोट
१ कृष्णबहादुर थापा
२ धर्मराज गौतम
तमलोपा
कपिलवस्तु
२ मक्सुदन चौधरी कुर्मी
३ वृजेशकुमार गुप्ता
४ ईश्वरदयाल मिश्र
५ डा.मन्जुर अहमद
नवलपरासी
५ हैदरअली मोमिन
६ हृदयेश त्रिपाठी
धनुषा
४ वषेशचन्द्र लाल
५ अनिता यादव
बारा
४ जितेन्द्र सोनाल
तमसपा
कञ्चनपुर
शिवराज राना
२ रामअवतार राना
कैलाली
१ हरिमोहन चौधरी
२ नारायण चौधरी
३ प्रेम बडायक
४ अनिल चौधरी
५ रविलाल मिश्र
६ मायाकुमारी पोखरेल
कालिकोट
नरेन्द्र शाही
बँूके
२ जाहिर अली शेख
३ सत्यवती कुर्मी
४ हलिम खाँ
मोरङ
४ रामानन्द मण्डल
सुनसरी
३ अशोक मेहता
४ राकेश मेहता
५ अरुण मुश्कुलिया
सर्लाही
१ रामचन्द्रसिंह कुसवाहा
२ कौशल यादव
४ महेन्द्र यादव
५ खोभारिराय यादव
६ शिवपुजनराय यादव
सप्तरी
१ शत्रुधनप्रसाद रौनियार
२ कवितादेवी
३ महेशप्रसाद यादव
४ मुन्निलाल साह
६ मोहम्मद उश्मान मियाँ
धनुषा
२ रूपनारयण मण्डल केवट
६ मो इजरायल अहमद
महोत्तरी
३ सुरेश पाण्डे
४ सरोज सिंह
५ निलम अधिकारी
६ नरेन्द्र यादव
पर्सा
३ प्रेमचन्द्र कुसवाहा
४ राजकुमार चौरसिया
बारा
१ अजयकुमार
२ प्रयाग यादव
३ प्रमोद पटेल
४ जयप्रकाश यादव
५ अमिरा साह
६ अब्दुलकलाम अन्सारी
नवलपरासी
४ शेषनारायण सहनी
५ अलाउद्दिन अन्सारी
६ रामअवतार कोइरी
रुपन्देही
१ विक्रम यादव
२ अमजद अली पठान
६ उमाशंकर यादव
७ हजरत बेलाल फकिर
चितवन
२ राजु खत्री
काठमाडौं
१ गोविन्द घिमिरे
सिन्धुपाल्चोक
३ सोमबहादुर तामाङ
सद्भावना
मोरङ
५ बद्री मण्डल
सर्लाही
२ उपेन्द्र महतो वा अफजल हुसैन
४ राजेन्द्र महतो
५ प्रमोद साह
सप्तरी
२ नवलकिशोर साह
५ दिनेश यादव
पर्सा
२ फिरोज मन्सुर
५ निजामुद्दिन समानी
बारा
१ सरोज यादव
रौतहट
१ योगेन्द्र यादव
२ अब्दुल जब्बार
धनुषा
४ सञ्जय साह
कपिलवस्तु
५ मिर्जा अरशद बेग
सुनसरी
५ सन्तोष मेहता
रुपन्देही
६ ओमप्रकाश यादव