Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
काठमाडौ – बढेको अमेरिकी डलर र बर्डफ्लुका कारण यसपालिको दसैं विगतभन्दा महँगो हुने भएको छ । आयात हुने कपडा, मोबाइल, इलेक्ट्रोनिक्सको मूल्य डलरले बढाएको छ । यता बर्डफ्लुका कारण दसैंको मुख्य परिकार बन्ने खसीको मासुको भाउ पनि बढेको छ । उपत्यका र आसपास जिल्लाका कुखुरा र्फममा बर्डफ्लु भेटिएपछि बजारमा खसीको माग बढेको छ ।
‘कुखुराको मासुले बजार हिस्सा ५० प्रतिशत ओगटेको थियो,’ चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापाले भने, ‘तर बर्डफ्लु हल्लाले खसीको माग बढेको छ । त्यसले मूल्य बढ्ने संकेत देखिएको छ ।’
व्यवसायीका अनुसार करिब ८० प्रतिशत खसी भारतबाट ल्याइन्छ  । बाँकी विभिन्न जिल्लाबाट भित्रिन्छ । अहिले जिउँदो खसीको बजारमूल्य करिब प्रतिकेजी ३ सय ९० रुपैयाँ छ । थापाका अनुसार सोह्रश्राद्धले भाउ घटाए पनि दसैंंमा जिउँदो प्रतिकेजी ४ सय ५० सम्म पुग्न सक्छ । बर्डफ्लु देखिएलगत्तै मूल्य ४ सय २५ पुगेर घटेको उनले बताए । ‘यस पटक ५० हजार खसीबोका राजधानी ल्याउँछौं,’ उनले भने ।
खाद्य संस्थानले भने व्यवसायीको भन्दा सस्तोमा बेच्ने दाबी गरेको छ । ‘बजारमा अस्वाभाविक मूल्य बढ्न नदिन हामीले ल्याउने हो,’ संस्थानका कामु नायब महाप्रबन्धक इन्द्र सिटौलाले भने, ‘नाफा नखाई व्यवसायीको भन्दा सस्तोमा बेच्छौं ।’ उसले जम्मा ३ हजार ४ सय खसीबोका ल्याउने तयारी गरेको छ ।
उता कपडाको मूल्य ५ महिनाअघिको भन्दा कम्तीमा २० प्रतिशत महँगो पर्नेछ । मोबाइल र इलेक्ट्रोनिक्सका सामानका लागि १० देखि १५ प्रतिशत बढी रकम खर्चिनुपर्ने भएको छ । पाँच महिनामा अमेरिकी डलर करिब २५ प्रतिशतले महँगो भएको छ । राष्ट्र बैंकका अनुसार डलर १० प्रतिशत बलियो हुँदा मुद्रास्फीति दर २ प्रतिशत विन्दुले बढ्छ । ‘गत वर्ष नै उच्च दरले मूल्यवृद्धि भएकाले औसतमा यस वर्षको असोजमा मुद्रास्फीति दर केही कम पनि देखिन सक्छ,’ केन्द्रीय बैंक अनुसन्धान विभागका प्रमुख मीनबहादुर श्रेष्ठले भने, ‘तर सर्वसाधारणले उपभोग गर्ने धेरै वस्तुमा डलरको असर पर्ने हुँदा जीविकोपार्जन कठिन भएको महसुस हुनेछ ।’ केन्द्रीय बैंकले देशका १३ केन्द्रमा संकलन गर्ने करिब ४ सय वस्तु तथा सेवाको औसत मूल्यका आधारमा मुद्रास्फीति दर निकालिन्छ । औसतकै कारण मुख्य उपभोग्य वस्तुको भाउ बढे पनि राष्ट्र बैंकको दर भने कम देखिन्छ ।
डलरले दुई महिनायता ठूलो रपmतार लिएको छ । हालसम्मकै उच्च १ सय ९ रुपैयाँ २ पैसासम्म पुगेर विस्तारै घटेको छ । राष्ट्र बैंकका अनुसार बुधबार पनि १ डलर साट्न ९९ रुपैयाँ तिर्नुपर्‍यो । ‘दसैंतिहार र जाडोका सामान चीनबाट ल्याउने समय डलर १ सय ८ को हाराहारीमा पुग्दा महँगो पर्न गयो,’ हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष केशव रायमाझीले भने, ‘यस पटकको दसैं र जाडोका कपडा पहिलेभन्दा २० प्रतिशतसम्म महँगा हुनेछन् ।’
कपडा मुख्यतया चीन, थाइल्यान्ड, हङकङ, भारत, सिंगापुरबाट आयात हुन्छन् ।
नेपाल र भारतबीच रहेको स्थिर विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएपछि नेपालमा पनि डलर महँगिएको हो । त्यसलाई नेपालबाट नियन्त्रण गर्न सम्भव छैन । बढेको डलर र घटेको बिक्रीका कारण व्यवसायीले सामान आयात गर्ने क्रम पनि घटेको छ । आर्थिक वर्षको पहिलो महिना प्रतीतपत्र -एलसी) खोल्ने क्रम अघिल्लो वर्षभन्दा ११ प्रतिशतले घटेको छ । ‘यो वर्ष एलसी खोल्ने क्रममा ठूलै गिरावट आएको छ,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने ।
अन्तर्राष्ट्रिय व्यापारमा ८८ प्रतिशत आयातको हिस्सा रहेको मुलुकमा डलरको प्रभाव ठूलो देखिएको हो । असोज र कात्तिकमा मात्रै लत्ता कपडाको करिब २५ प्रतिशत कारोबार हुने हुँदा व्यवसायी पनि यस पटक मर्कामा छन् । ‘खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको भाउ पनि बढेकाले सर्वसाधारणको क्रयशक्ति घटेको जस्तो छ,’ नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘महँगाई बढेको छ । बजारमा माग पनि छैन । केही व्यवसायी त खरिद मूल्यभन्दा कममा बेच्न बाध्य छन् ।’ बजारमा चहलपहल सुरु नभएको व्यवसायी बताउँछन् ।
‘कपडाको अडरैपिच्छे मूल्य बढेको छ,’ काठमाडांै मलको प्यालेस फेसन प्लसकी सरिना श्रेष्ठले भनिन्, ‘जसले गर्दा व्यापारमा समेत असर परेको छ ।’ दसैं नजिकै आए पनि गत वर्षका तुलनामा व्यापार आधाभन्दा घटेको उनको भनाइ छ । ‘गत वर्ष दसैंको महिना लाग्नेबित्तिकै पसलमा ग्राहकको घुइँचो हुन्थ्यो । तर, यसपल्ट फाटफुट मात्रै छन्,’ उनले भनिन् ।
डलरकै कारण पेट्रोलियम पदार्थको मूल्य ५ महिनायता दुई पटक बढेको छ । जसले ढुवानी र उत्पादन लागत बढाएको छ ।
‘दसैंमा मोबाइलको मूल्य पनि करिब १० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छौं,’ नेपाल मोबाइल व्यवसायी सघका अध्यक्ष पुरुषोत्तम सुवेदीले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया