टिक टिक टिक
फेरी फोनको घन्टी बज्यो
फोन उठाउदै हेल्लो भने
मेरो छोरा (सोनु) थियो
हेल्लो ममी हजुर कहिले घर आउने?
उही पुरानै सवाल
उफ्फ्फ्फ
मेरो पनि त्यही पुरानै जवाफ
अर्को साल आउछु बाबु
हरेक साल त्यही अर्को साल
पर्खेर बसेको छ त्यो अबोध बालक
मनभरी धेरै आशा सँगालेर
टुकु टुकु हिड्थ्यो मेरो सोनु
त्यही बेला जब म परदेश लागेकीथिंए
तोतेबोलीमा आमा भनेको पनि
यसै फोन बाट सुनेकीथिंए
कुरा गरुन्जेल त सँगै भएको
र उस्को गाला सुम्सुम्यएको
आभास गर्दै गहभरी आशु पार्छु
कस्तो होला मेरो मुटुको टुक्रा
कल्पनामा बहकिन थाल्छ मन
भाबुक हुन्छु स्पर्शले छुन नपाउदा
भक्कानिन्छ छाती चिरिन्छ कठै
मासुमियत
यि सवालको के जवाफ दिउं म ?
अर्को साल आउछु भन्दाभन्दै
बर्षौं बित्यो नि ममी
कस्तो
हुन्छ र त्यो धन?
सन्तानको माया भन्दा पनि ठुलो ??
कसरी सम्झाउ मेरा बाध्यताहरु
सन्तानबाट टाढिनाको पींडा-ब्यथा त्यो मासुम बालकलाई
उफ्फ्फ्फ
लामो श्वास फेर्छु
सात साल हुँदा पनि अझै होमसिकले
छोडेको छैन मलाई
सालहरु आउछन जान्छन
क्यालेन्डरका रंगिन पानाहरु
च्यातिएर फ्याकिन्छन
न त म घर फर्किने दिन आउछ
न अर्को साल आउछु भन्ननै छोड्छु
भै गो ममी सधैं मलाई यसरी नै ढाट्नु
हुन्छ किन आउनु पर्यो र बिदेशमै
रमाइलो होला रमाएर बस्नुस् भन्दै
फोन काटिन्छ उताबाट
अनि
म पनि आफुमाथिको यो जिम्मेवारीको बोझ
एक पलका लागि कतै मिल्काउन पाए कस्तो हुन्थ्यो होला भन्दै
आफ्नो लाचार र बिबशी किस्मतलाई धिक्कार्दै
भुइमा थ्याच्छ बसेर रुन थाल्छु
सुक्क सुक्क सुक्क गर्दागर्दै डाको छोडेर
यसरीनै बितेका छन मेरा प्रबासी दिनहरु ,,,,,,,
गैंडाकोट ४ नवलरासी
हाल इजरायल