Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

Rabindraयति खेर देश गोलमेचको गोल चक्करमा घुमिरहेको छ । गोलचक्कर कै कारण देशले संबिधान पाउन सकेन। विद्यमान समस्याहरु थाति नै रहे । अलग अलग अस्तित्व बोकेका पार्टीहरु नेपाली आकाशमा बढ्दै गए। तिनका मागहरु पनि नगन्य बिस्तार हुदै गए । यसै बीच जनयुद्वको उत्तारार्द्वमा तात्कालिन नेकपा माओबादीले उठान गरेको गोलमेच सम्मेलन शान्ति प्रक्रिया संगै अस्ताउदै गयो ।  तात्कालिन रुपमा प्रमुख एजेन्डा बने पनि पछिल्लो चरणमा बिष बन्यो गोलमेच । नचाहदा नचाहदै पनि बिर्सनु पर्ने बाध्यता माओबादी भित्र आइलाग्यो । कारण एकीकरण पश्चात आन्दोलनका चरणमा गोलमेचले स्थान पाउने र सहमति पछि बिर्सने रोगले ग्रसित बन्दै एमाओबादी बढ्यो । एमाओबादी फुट लगतै बैद्य नेतृत्वको नेकपा-माओबादीले पुन ब्युताउने काम गर्यो र उत्कर्षमा समेत पुग्यो । अन्तत: गोलमेच अर्थात ‘राउन्ड टेबल कन्फ्रेन्स’ माओबादीको एजेण्डा भए पनि सबै दल एक ठाउमा आउदै सैदान्तिक सहमति समेत गरे।

ठ्याक्कै गोलमेचको शाब्दिक परिभाषा नभए पनि आफु अनुकुलको व्याख्या विश्लेषण भने गरिएको पाहिन्छ l सामान्य त गोलमेचको अर्थ ”सबैको साझा एजेन्डा, समान हैसियत र साझा निर्णय” बिस्तृतमा भन्नु पर्दा ”अस्तित्वमा रहेका राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने शक्ति र सरोकार वालाहरु संगै बसी स्वतन्त्र बिचार सहित गरिने खुल्ला छलफल” भन्ने बुझ्नु पर्छ । कस्तो बेला र कुन कुन बिषयमा गोलमेच सम्मेलन गरिन्छ भन्ने मुख्य प्रश्न हुन जान्छ ।

नेकपा-माओबादीले पनि गोलमेच सम्मेलन गर्ने कारण बारे खुलाई सकेका छैन । साथै गोलमेच सम्मेलन बारे आफ्नो धारणा समेत सार्वजनिक नगर्दै गोलमेचमा सहमत हुनु राजनैतिक दलहरुको लचकता पनि थियो ।  माओबादीको मात्रै एजेण्डामा सहमत किन भए भन्ने पनि संगै जोडिएर आएका छन् । कतै माओबादी लगायत ३३ दललाई झुक्काउदै फुटाउने मनसाय त हैन भन्ने संका पनि गर्ने ठाउ छ किन कि बिगतमा राता रात चोरी चकारी धेरै हुने गरेका थिए । आशंका कै बीच गोलमेच सम्मेलनको तयारीको लागि भनि बसेको बार्ता अन्तत विफल भयो ।

गोलमेच भन्ने बित्तिकै सानो ठुलो दल, दलगत स्वार्थ, लेनदेन गरिने ठाउ हैन । खुल्ला स्वतन्त्र व्यक्तिगत बिचारहरुलाइ समेटी साझा धारणा बनाइन्छ र सहमति गरिन्छ । सबैको हैसियत समान हुने हुदा जबर्जस्ती लादिने काम हुदैन । गोलमेच बारे अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने गोलमेच भनेर उठान गरिएता पनि गोलमेचले सार्थकता भने पाएको देखिन्न । विश्वमा समेत गोलमेच बारे बहस हुने गरेकोले उच्च सम्मानित मानिने गोलमेच सम्मेलन नेपालमा फिक्का साबित हुनेछ । हुन त अन्य देशमा असफल सिद्व रहेको गोलमेच सम्मेलन नेपालमा लागु गर्न सकिन्छ भन्ने त छैन तर यसले नया बहस सृजना भने गर्यो ।

नेपालको हकमा राजनैतिक दलको दुरी रही आएको छ । बिपरित ध्रुबको जस्तै फरक फरक अस्तित्व सहित अघि बढिरहेको छ । यसकारण दलगत स्वार्थ कै कारण आशंका पनि संगै गर्ने ठाउ प्रसस्तै भेटिन्छ । खैर, दलहरु सहमत भएका छन् । स्वीकार्दै सम्भावना र चुनौतीका बीच झिनो आशा राख्ने ठाउ छ । तर, यसको स्वरुप, राष्ट्रिय एजेन्डा र कुन तहलाई समेटी गोलमेच सम्मेलन गर्ने भन्ने बारे भने अन्यौल अझै कायम नै छ ।

नेकपा-माओबादी लगायत ३३ दलको माग भएकोले उनीहरुले सरकार बिघटन, ४ दलीय संयन्त्र खारेज, चुनाबको मिति सार्ने लगायत माग गरिएको भन्दै गोलमेचको तयारीका लागि बसेको पहिलो बैठकको फराकिलो घेरालाई खुम्चाएको भन्दै एका एक गोलमेचको चक्कर तोडियो ।

बिश्वमा गोलमेचको अभ्यासलाई नियाल्दा खास सफल भएको भेटिन्न । गोलमेचको मर्म र भावनासंग सहमत भएता पनि औचित्य पुष्टि गर्न भने सकेका छैनन् । भारतले स्वतन्त्रताको आन्दोलन चर्काइरहदा बेलायतले लण्डनमा गोलमेच सम्मेलनको आयोजना गरयो ।  तर, खास उपलब्धि हात पार्न सकेन । सम्झौतामा टुङ्गाइयो । अझ भनौ भारतको मागलाई बेलायतले फुरा गरिदिने अवस्थाको सृजना भयो ।

त्यस्तै गरि इन्डोनेसियामा पनि उही प्रक्रिया दोहोरिएको थियो l इन्डोनेसियाको सन्धर्भमा नेदरल्याण्डले हेगमा गरिएको गोलमेच सम्मेलन नै थियो l तर, माग गर्ने र पुरा गर्ने कै सर्तमा अघि बढ्यो l अर्थात इन्डोनेसियाले माग गर्यो र नेदरल्याण्डले माग पुरा गरिदिने अवस्था बन्यो l यसरी हेर्दा नेपालमा गोलमेच भनिरहदा यहि प्रक्रिया दोहोरिन सक्ने सभावना रहन्छ l

बिश्वको कतिपय देशमा जब राजनैतिक संकट आउने गर्छ तब गोलमेच सम्मेलनले स्थान पाउने गरेका छन् l तर, सम्झौतामा टुंगिएको भेटिन्छ l

नेपालको हकमा राजनैतिक दलको दुरी रही आएको छ l बिपरित ध्रुबको जस्तै फरक फरक अस्तित्व सहित अघि बढिरहेको छ l यसकारण दलगत स्वार्थ कै कारण आशंका पनि संगै गर्ने ठाउ प्रसस्तै भेटिन्छ l खैर, दलहरु सहमत भएका छन् l स्वीकार्दै सम्भावना र चुनौतीका बीच झिनो आशा राख्ने ठाउ छ l तर, यसको स्वरुप, राष्ट्रिय एजेन्डा र कुन तहलाई समेटी गोलमेच सम्मेलन गर्ने भन्ने बारे भने अन्यौल अझै कायम नै छ l

नेकपा-माओबादीको मात्रै माग भएकोले उनीहरुले सरकार बिघटन, ४ दलीय संयन्त्र खारेज, चुनाबको मिति सार्ने लगायत माग गरेको भन्दै गोलमेचको सर्वमान्य शब्दलाई नेकपा-माओबादीले मुख्य एजेण्डा बनाएता पनि केहि स्वार्थ भने लुकेको प्रस्ट देखिन्छ l स्वार्थ भन्दा माथि उठेर गोलमेच मार्फत निकास दिने बिश्वासका साथ् राष्ट्रियतासंग जोडीएर बिषयबस्तु राखेमा माओबादीको साख बढ्नेछ l र, माओबादीले यस एजेण्डालाई सफल बनाउन लचकता अपनाउदै बढेमा साथै यसमा सहभागी भएकाहरुले पनि अधिकतम लचकताका साथ् स्वतन्त्रता पुर्वक छलफल गरेर निचोड निकाल्दै गोलमेच सम्मेलन गरिएमा एतिहासिक सफलता नेपालबाट सुरु हुनेछ र बिश्वमा गोलमेचको महत्व बढ्नेछ l

त्यसैले गोलमेच सम्मेलनमा असान्धर्भिक र औचित्यहीन बिषयबस्तु नराखी सर्वमान्य साझा बिषयबस्तु राखिएमा गोलमेच नै एक मात्र उपयुक्त फोरम बन्न सक्नेछ l अन्यथा गोलमेच साधक भन्दा बाधक बन्ने छ | ***

 

 

तपाईको प्रतिक्रिया