शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

sarita-giri1काठमाडौं– नेपाल सदभावना पार्टीका अध्यक्ष सरिता गिरीले सुरु गरेको अनसन २० औँ दिनमा प्रवेश गरेको छ ।

स्वास्थ्य खराव हुँदै गए पनि गिरीले सरकारले अनसन तोड्न गरेको आग्रह अस्वीकार गरेकी छन् । मन्त्रिपरिषद, परामर्श तथा समन्वय समितिले पठाएको पत्रको जवाफ दिँदै गिरीले अनिश्चितकालीन अनशन भंग गरी आफ्ना विभिन्न मागहरु बारेमा वार्ता गर्ने सर्तमा सरकारसँग वार्ता नगर्ने स्पष्ट पारेकी छन् ।

‘यो अनशन कुनै निष्कर्षमा नपुगुञ्जेलसम्म जारी रहने पनि सरकारलाई पार्टीको तर्फबाट जानकारी गराइएको छ,’ प्रवक्ता गोविन्द साहले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया