मेची-काली सीमाना, सगरमाथा शीर मेरो
तराईका फाँट तल, हिमाल माथितिर मेरो ।
डाँफे मुनाल नाचेका, रानी बन भरी सँधै
लाली गुराँस ढकमक्क, फूलीराख्ने भीर मेरो ।
दौरा अनि सुरुवाल यो, देशको नै गौरव हो
शीरको ढाका टोपी, भुलाई दिन्छ पीर मेरो ।
चिनारी हो देशको, चन्द्र सूर्य अंकित झण्डा
रगतभरी राष्ट्रभक्त, मनमा मुटु-नीर मेरो ।
वीरताको गाथासँगै, बाँचिरहोस राष्ट्रियता
मेरै साथ मर्न लागे, छाती पनि चीर मेरो ।।
-टोकियो, जापान