Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

krisna-vetwalएकल पार्टी प्रणाली जसलाई प्रजातन्त्रवादीहरु “निरङ्कुश प्रणाली” भन्ने गर्छन । तर संसारमा केहि देशहरु यस्ता उदाहरणीय छन् कि जहाँ निरङ्कुश प्रणाली हुँदाहुँदै पनि बिकास र सभ्यतामा निकै नै अगाडि छन् यद्दपि विश्वमा निरङ्कुश प्रणाली अबलम्बन गर्ने अधिकांश देशहरु भने चरम गरिबीको रेखामुनी रहेका छन्। त्यसो त यो दुनियाँमा प्रजातन्त्रवादी देशहरु मात्र बिकसित छन् भन्न पनि मिल्दैन। यस्तै निरङ्कुश प्रणाली अबलम्बन गरेका देशहरु मध्ये एउटा लिबिया थियो जुन गद्दाफिको अवसान सँग-सँगै अहिले पुनर्निर्मित हुने क्रममा रहेको छ। गद्दाफिले लिबियामा ४२ बर्ष लामो एकल शासन गरेका थिए। उनि निरङ्कुश प्रणालीका प्रणेता भएतापनि उनको शासनकालमा लिबियाले निकै नै आर्थिक उन्नति र प्रगति गरेको थियो। त्यस्तै अर्को एउटा देश तुर्कमेनिस्तान हो। प्राकृतिक ग्याँस भण्डारमा चौथो स्थानमा रहेको यो देश अहिले जी.डी.पी ग्रोथ रेटमा पाँचौ स्थानमा रहेको छ। भन्नुको अर्थ बिकास द्रुत गतिमा अगाडि बढिरहेको छ। पहिलो विश्व-युद्ध बाट सोभियत युनियन रसियाको अधिनमा गएको यो देश अक्टोबर २७ सन् १९९१ मा स्वतन्त्र भएको थियो। एकल पार्टी डेमोक्राटिक पार्टी तुर्कमेनिस्तानका अध्यक्ष नै अहिलेका तुर्कमेनिस्तानका सर्वेसर्वा हुन्। हरेक समारोह, राष्ट्रिय बिदा तथा राष्ट्रिय चाडपर्वमा उनै सर्वेसर्वा “गुर्बांगुली बेर्दिमुहमेदो” (अहिलेका राष्ट्रपति) को नाममा कार्यक्रम सुरु गर्नुपर्ने परम्परा रहेको छ। स्पष्ट भन्नुपर्दा उनी त्यो देशको भगवान जस्तो। यत्र, तत्र, सर्वत्र गुप्तचरहरु छरिएका हुन्छन। तैपनि यो देश निकै नै शान्त छ। साक्षरता दर ९८% रहेको छ र देशको आधाजसो जनसंख्याले सरकारी काम-काज गर्ने गर्छन। केहि प्रतिशतले मात्र व्यक्तिगत ब्यबसाय गर्ने यो देश निकै नै सुख र आनन्दको देश हो। चौबिसै घण्टा पानी, बिजुली र ग्याँस त्यो पनि सम्पूर्ण रुपमा फ्री रहेको छ। यहाँ सम्मकी एक व्यक्तिलाई एकमहिनाको १२० लिटर पेट्रोल समेत सरकारले नै उपलब्ध गराउँछ। असाधारण प्रतिभा भएकाहरु तथा पढेलेखेकाहरू बेरोजगार कुनै पनि छैनन्। यहाँका राष्ट्रपति अचम्मका निरङ्कुश छन्, निरङ्कुश पनि यस अर्थमा कि उनले गिनिज बुक अफ वोर्ल्ड रेकर्ड्समा देशको नाम राख्न अनेकन उपायहरु अपनाएका छन्, जस्तो कि सबैभन्दा अग्लो राष्ट्रिय झन्डा अड्याउने पोलको निर्माण देखि लिएर कटन उत्पादनमा विश्वको एक नम्बरमा जाने प्रयास(अहिले यो विश्वको नवौं नम्बरमा रहेको छ)। इतिहासलाई फर्केर हेर्ने हो भने यो देशले ३ वटा ठूला-ठूला दैवी बिपत्ति ब्योहोर्नुपरेको थियो। ति मध्य एक, सन् १९४८, ६ अक्टोबरमा गएको ७.३ म्याग्निच्युडको भूइंचालोले त्यतिखेरको जनसंख्याको १०% (अनुमानित १लाख देखि एकलाख ७६हजार जना) मृत्युको मुखमा पुगेको अनुमान गरिन्छ।जुन विश्वमा घटेको १० विध्वंशकारी भुकम्प मध्ये एक हो। तथापि एकल पार्टी प्रणाली यानेकि हाम्रो अर्थमा निरङ्कुश प्रणाली हुँदा हुँदै पनि यस्तो विकास कसरी सम्भव भयो होला? हाम्रा देशका ठेउका नेताहरुले गहिरिएर बुझ्न जरुरी छ।
अब यहाँ प्रश्न उठ्न सक्छ देशको शासन प्रणालीमा कस्तो प्रणालीलाई ठिक भन्ने? वास्तवमा जुन प्रणाली अपनाए पनि त्यो देशको अधिकांश जनताको मनोभावना लाइ बुझेर गर्ने शासन नै असल शासन हो र मानवता भएको, देश र जनतालाई माया गर्ने नेता भएमा जुनसुकै प्रणाली अवलम्बन गरेपनि खासै फरक पर्दैन।हुनत “निरङ्कुश राम” हरु अहिलेको जमानामा नहोलान र तुर्कमेनिस्तानको इतिहासलाई हेरेर मात्र भावनात्मक डुबुल्की मार्न त कदापि मिल्दैन तर यदि हाम्रो देशमा बेरोजगार प्रतिशत मात्र घटाउने हो भने कुलंगार नेताहरुको कुरा सुन्ने र अघि पछि दौडने फुर्सत कसैलाई हुने थिएन। विकास र निर्माणका कार्यहरु बल मिचेर नै जबर्जस्ती रुपमा अगाडि बढाउंदै लैजाने हो भने पनि यहाँ चिया दोकान सरी खुलेका ८०% नामधारी पार्टीहरुको त अवसान नै हुन्छ। देशको अवस्था ठिक छैन र त साँपहरु टाउको उठाउँछन। त्यसको लागि पनि नेपालमा जंगबहादुरको उदय हुनु जरुरी छ भन्दा अतिशयोक्ति नहोला। हामी कागजको संविधानको खातिर एकापसमा लडिरहेका छौं, पृथ्वी सबैको साझा हुँदा-हुँदै पनि तेरो र मेरोमा अल्झिएका छौं। प्रत्येक दिन नयाँ, नौला समस्याहरुले जेलिंदै गैरहेका छौं तर हल निस्कने सम्भाबना कहीं कतै देखिन्दैन। आशाहरु मर्दै गएका छन् र उज्यालो बिहानीका परिवर्तित किरणहरु चाउरी परेका हत्केलाको छोपाइमा ओझेल बन्दै गैरहेको छ। हामी आँफै उभिन नसक्ने अवस्थामा पुगिसकेका छौं, यतिसम्मकि खाने, लाउने, बाच्ने तथा देशको शासनभार समेत छिमेकीको निर्देशन माग्ने भैसकेका छौं। हो यो अवस्था निमिट्यान्न हुन पनि जंगबहादुरको खाँचो महसुश हुन्छ। सरकार जनताको अघि हात उठाएर घुँडा टेक्छ त्यो पनि दुषित पानी नबेच्नुस भन्ने सवालमा। सरकार घुँडा टेक्छ हात उठाएर त्यो पनि प्रदुषित मासु नबेच्नुस भन्ने सवालमा। दिनदहाडै राजधानीमा माफियाको गोली चल्छ, चक्काजाम हुन्छ, महिनामा मुस्किलले २ हप्ता देश खुल्ला हुन्छ नत्र सँधै आन्दोलन र नेपाल बन्द। पानी,बिजुली यातायात जुनै पनि अब्यबस्थित छ। स्कूल गएको बच्चाको त के कुरा काममा गएको जवान पनि बेलुका घर फर्कन्छ कि फर्कंदैन भन्ने चिन्ता हुन्छ। जुनसुकै अप्ठ्याराहरु पनि आन्दोलनको भरमा पुरा हुन्छन भन्ने मानसिकता व्याप्त छ। बैदेशिक चोरी पैठारी एबम आतंकवादीहरुको सुरक्षित थलो बन्दै गैरहेको छ देश। दिन-प्रतिदिन देशको सीमा मिचिएको छ। बिकासका काम, कार्यहरु ठप्पै छन्। २-४ जना मतिभ्रस्ट गंजेडीहरु मिलेर सरकारलाई अल्टिमेटम दिन्छ। तैपनि सरकार निरिह भएर उनीहरुको माग पुरा गर्छ। हामिसंग अवर्णनीय समस्याहरु र अप्ठ्याराहरु छन्। के यस्तो अवस्थामा अब प्रजातान्त्रिक अभ्यास र ढंगले मात्र हाम्रो देशमा अमन चैन आउला त? किनकि अब हुने चुनावमा पनि कुनैपनि पार्टीको स्पस्ट बहुमत आउने छाँटकाँट देखिन्न। त्यस्तो अवस्थामा उही बहुमत र अल्पमतको खेलमा हामी जाने नै छौं। निकै नै गम्भीर प्रश्न हो यो, अहिलेको हाम्रो देशको लागि। हामि एउटा गोलाकार परिधि भित्र चक्कर काटिरहेका थियौं अहिलेसम्म, चुनाव उप्रान्त पनि त्यहि नहोला भन्न सकिन्न, लोकतन्त्र नामको एउटा गोलाकार परिधि भित्र। राज्य पुनर्संरचना तथा राज्य ब्यबस्था सम्बन्धि एकदम फरक ढंगले सोच्नुपर्ने बेला आइसकेको छ हामि नेपालीहरुले।

तपाईको प्रतिक्रिया