Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
lilamani_poudelकाठमाडौ- मुख्यसचिव लीलामणि पौडेलले विभिन्न मन्त्रालयका सचिवहरूसित कार्यक्रम स्वीकृति गराउन ढिलाइ गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बसेको सचिवहरूको बैठकमा उनले बजेटमा विभिन्न मन्त्रालयले साउन १५ भित्र कार्यक्रम स्वीकृत गराइसक्नुपर्ने समय तोकिए पनि हालसम्म स्वीकृत नगराएकामा असन्तुष्टी व्यक्त गरेका हुन् ।
मन्त्रालयहरूले बजेटमा परेका योजना कार्यान्वयन गर्न योजना आयोगबाट कार्यक्रम स्वीकृति गराउनुपर्छ । कार्यक्रम स्वीकृति गर्न ढिलाइ भएमा काम सुरु गर्न ढिलो हुने र योजनाको प्रगति सन्तोषजनक नहुने चिन्ता मुख्यसचिवको छ ।
एकाधबाहेक सबैजसो मन्त्रालयको कार्यक्रम स्वीकृत हुन बाँकी छ । सचिवहरूले आफ्ना मन्त्रालयका कारण नभई योजना आयोगबाट केन्द्रीय र जिल्लागत योजना तथा कार्यक्रम उल्लिखित भाग १ र भाग २ आउन ढिलाइ भएकाले हालसम्म धेरैजसो कार्यक्रम स्वीकृत गराउन नसकिएको स्पष्टीकरण दिएका थिए ।
केन्द्रीय योजनाहरू उल्लिखित भाग-१ साउन ९ मा प्रकाशित भए पनि जिल्लागत योजना र कार्यक्रमको विवरण हुने भाग-२ योजना आयोगले प्रकाशित गरी मन्त्रालयहरूलाई वितरण गर्नै बाँकी छ । भाग-२ बेवसाइटमा राखिए पनि किताबका रूपमा प्रकाशन भइसकेको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया