Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
ses ghaleहङकङ – गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष उठ्ने घोषणा गरे लगत्तै अष्ट्रेलियाका नेपाली व्यावसायी शेष घलेले पार्टी राजनीतिमा बाध्य पारिए संस्था नै छाड्ने चेतावनी दिएका छन्।
अहिले नै नेपालमा ठूलो लगानी गर्न विदेशमा बस्ने नेपाली तयार नभएकाले कल्याणकारी कोष स्थापना र युवा उद्यमशीलता विकास आफ्नो प्राथमिकतामा परेको घलेले बताए।
‘एकता र समावेशिता’ को नारा सहित गत बिहिबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका घले ‘ग्लोवल लिसनिङ टुर’ अर्न्तगत दक्षिण कोरिया हुँदै मंगलबार हङकङ आइपुगेका हुन्। अक्टोबरमा काठमाडौँमा हुने छैठौँ अधिवेशनले विदेशमा बस्ने नेपालीको सबभन्दा ठूलो संगठनको नयाँ नेतृत्व चयन गर्दैछ।
अधिवेशनको दुई महिनाअघि घले सहित पाँच जनाले अध्यक्षमा दावी गरेका छन्। ६५ देशमा शाखा रहेको एनआरएनएको नेतृत्व हत्याउन नेपालका राजनीतिक पार्टी सम्वद्ध संघसंस्थाहरूबीच प्रतिस्पर्धा शुरु भएको बेला अध्यक्षका बलिया प्रत्यासी घलेले पार्टी र जातीय राजनीतिले साझा संस्था कमजोर हुने तर्क गरे।
‘राजनीतिक पार्टीमा लाग्नु पर्ने हो भने म एनआरएनएको अध्यक्ष हुन्नँ, हङकङमा घलेले भने, ‘देश चलाउने काँग्रेस, एमाओवादी सबैसँग सन्तुलित सम्बन्ध राखेर एनआरएनए सञ्चालन गर्नुपर्छ तर हामी पार्टी र जातीय राजनीतिमा संलग्न हुनुहुँदैन।’
मंगलबार साँझ हङकङ एनआरएनएले आयोजना गरेको छलफलमा लमजुङको पहाडमा स्कूल पढ्दा र रुस वा अष्ट्रेलियको कलेज लाइफमा पनि राजनीति नगरेको भन्दै ५५ वर्षीय घलेले आफु कुनै पार्टीमा आवद्ध नभएको प्रष्ट्याए। विदेशमा बसेर नेपाली राजनीतिक पार्टीमा सक्रिय भइरहेकाहरूलाई पनि उनले त्यसो नगर्न सुझाव दिए। ‘जुन देशमा बस्ने हो त्यहीँको राजनीतिमा लागे भयो’, घलेको प्रश्न छ— ‘नेपालको राजनीति अष्ट्रेलियामा चलाएर हाम्रो इमेज के हुन्छ?’
नेपालमा परिपक्व राजनीति नहुनाले देशले दुःख पाइरहेको तर्क गर्दै घलेले एनआरएनएको नेतृत्व पनि सहमतीमा चयन गरिनुपर्ने संकेत गरे।’नेतृत्व छनोट प्रक्रियामै राजनीति भयो भने संस्थालाई गैरराजनीतिक बनाउन सकिँदैन, त्यसैले सबै प्रक्रिया गैरराजनीतिक हुनुपर्छ’, चुनावी प्रतिस्पर्धामा जाँदा एनआरएनमा पार्टी राजनीति हावी हुने संकेत गर्दै घलेले थपे।
अष्ट्रेलियाका १८० औँ धनी ब्यापारी घलेले एनआरएनए नेतृत्वमा आफ्नो दावीलाई एउटा अवसरका रुपमा अर्थ्याए। ‘मैले नेपाललाई केही दिन खोजिरहेकै बेलायो अवसर आयो’, काठमाडौँमा अन्तर्राष्ट्रिय चेन होटल स्थापना गरिरहेका घलेले भने, ‘मैले लगानी गरिरहेको छु, कल्याणकारी काम गर्न आफ्नै च्यारिट पनि खोल्न सक्थेँ तर एनआरएनएबाट जाँदा बढी प्रभावकारी हुन्छ भन्ने साथीहरूको आग्रह अनुसार मेरो समय र अनुभव नेपालमा लगानी गर्न अब म तयार छु।’
नेपालमा लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र आर्थिक वृद्धिमा योगदान गर्ने एनआरएनएको बटम लाइन भए पनि त्यो रातारात आर्जन गर्न नसकिने घलेले औँल्याए। काठमाडौँमा शेराटन होटल स्थापना गर्न आफुले लगानी गरेको छ वर्षभित्रै अरु तीन चार वटा अन्तर्राष्ट्रिय चेन होटल आएको बताउँदै घलेले त्यसलाई आफ्नो लगानीको प्रभावका रुपमा अर्थ्याए।
विदेशमा बस्ने नेपालीलेएक्लै वा एक दुई जना मिलेर लगानी गरिरहेको बताउँदै घलेले एनआरएनएकै छाता अर्न्तगत ‘सामुहिक लगानीमा धेरै महत्वकांक्षी नहुन’ आग्रह पनि गरे। ‘अहिले नै नेपालमा ठूलो रुपमा लगानी गर्न विदेशमा बस्ने नेपालीहरू तयार छैनन् जस्तो लाग्छ’, भावनात्मक रुपमा धेरै कुरा भइरहेको बताउँदै घलेले थपे,’हामी यथार्थवादी हुन आवश्यक छ, त्यसैले म लगानी भित्र्याउने कुरामा प्रतिवद्धता जनाउँदिन।’
सुदुरपश्चिमका बाढी पीडितहरूलाई सहयोग जुटाउने क्रममा अघिल्लो महिना यूरोपमा ४०–५० लाख उठेपछि उत्साहित बनेका घलेले दैवीप्रकोप प्रभावितहरूलाई वितरण गर्न एनआरएन कल्याणकारी कोष स्थापना गर्ने आफ्नो योजना सुनाए। विदेशमा हुर्किएको नेपाली युवाहरूलाई देशमा आकर्षित गर्न युवा उद्यमशीलता कार्यक्रम पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
एनआरएनए दर्ता,नेपाली नागरिकताको निरन्तरता र वैदेशिक रोजगारको सुदृढीकरणलाईआधारभूत कार्यक्रमबनाएका घले बुधबार एनआरएनए चीनले ग्वान्झाउमा आयोजना गरेको कार्यक्रममा सहभागी भए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया